यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खस्यो
सुर्खेत । सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खसेको छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा उक्त गाडी दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचभैयाले गाडी नदीमा डुबेको रातोपाटीलाई बताए ।
उनका अनुसार, कर्णाली ०३–००१ ख १०५५ नम्बरको उक्त गाडी सडकबाट करिब ५०० मिटर तल नदीमा खसेको हो । प्रहरीका अनुसार दुर्घटनास्थलमा उद्धार टोली पुगिसकेको भए पनि गाडी नदीमा डुबेका कारण अहिलेसम्म फेला पर्न सकेको छैन ।
बुलबुले यातायातको गाडीमा १४ जना यात्रु सवार थिए । दुर्घटनास्थलमा तल्लो ढुंगेस्वर, पाल्तडा र राकम कर्णालीबाट पनि प्रहरी परिचालन गरिएको छ । उद्धारको लागी सशस्त्र प्रहरीसँग पनि समन्वय गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी सन्तोषसिंह राठौरले बताए । दुर्घटनास्थल सुर्खेतको बिरेन्द्रनगरबाट करिब ७५ किलोमिटर टाढा पर्छ ।
अहिले बेपत्ता गाडी र यात्रुहरूको खोजी कार्य जारी रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
-
बालश्रममुक्त १३ स्थानीय तहलाई सम्मान
-
सर्वोच्चमा मुद्दाको चाप बढ्यो, किन बढ्न सकेन सुनुवाइको गति ?
-
अटेरी १५ मेडिकल कलेज, अझै बुझाएनन् तीन करोड बढी बक्यौता
-
जित्नै लाग्दा हार्न पुगेका दुई अफ्रिकी टिम, पोर्चुगल र क्रोएसियामा कुन बलियो ? (भिडियो)
-
कर्णाली राजमार्गमा फेरि अर्को दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण