इजरायली प्रधानमन्त्रीको युएइ र बहराइन भ्रमण स्थगित
एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको युनाइटेड अरब इमिरेट्स (युएइ) र बहराइनको भ्रमण स्थगित भएको छ । कोरोनाभाइरसको महामारी फैलिदै गएपछि इजरायलमा लकडाउन कायमै रहेकाले उनले भ्रमण स्थगित गर्नुभएको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।
“युएइका राजा र युवराजको मैत्रीपूर्ण निमन्त्रणालाई प्रधानमन्त्री नेतान्याहुले स्वीकारर्दै भ्रमणमा जाने कार्यक्रम थियो र भ्रमण दुई देशबीचको सम्वन्धका लागि महत्वपूर्ण हुने अपेक्षा पनि थियो तर स्थगित गनुप¥यो” नेतान्याहुको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
देशमा असामान्य अवस्था आएकाले प्रधानमन्त्रीले अति महत्वपूर्ण भ्रमण पनि स्थगित गर्नु परेको वक्तव्यमा लेखिएको छ । उनको भ्रमणको बेलामा कोरोनाभाइरसको महामारीका कारण इजरायलमा हवाई सेवा बन्द भएकाले पनि उनलाई भ्रमणका लागि प्रस्थान गर्न कठिनाई भएको हो ।
उनले गत बुधबार अर्को हप्ता आफु युएइ र बहराइन भ्रमणमा जाने योजना बनाएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण