एमालेको पार्टी प्रवेश कार्यक्रममा नवराज सिलवाल !
ललितपुर– दुई साताअघि नेपाल प्रहरीको डीआईजीबाट राजीनामा दिएका नवराज सिलवाल बुधबार नेकपा एमालेको एउटा कार्यक्रममा कार्यकर्ता माझ उपस्थित थिए ।
कालो चश्मा र कालै टोपी लगाएका उनी एमालेका अन्य कार्यकर्तालेजस्तै घाँटीमा रातो धजो लगाएका थिए । जुन कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि थिए ।
नेकपा एमाले ललितपुर जिल्ला कमिटीको आयोजनामा प्रयाग पोखरीमा आयोजित बडादशैं, दीपावली, नेपाल संवत, छठ तथा ल्होसार पर्वका अवसरमा आयोजित शुभकामना प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा एमाले कार्यकर्ताको पक्तिमा सिलवाल गम्भीर मुद्रामा बसेका थिए ।
उनी बसेकोतिर पत्रकारहरुको क्यामरा फर्किएपछि भने उनले आफ्नो चुच्चे टोपीले अनुहार छोप्न खोजे । तर क्यामराको कैदमा परेरै छाडे ।
विभिन्न पार्टीका ठूलो पंक्ति एमालेमा प्रवेश गराउने कार्यक्रम भएकैले एमाले अध्यक्ष ओली आफै प्रमुख अतिथिका रुपमा उपस्थित थिए । कार्यक्रममा एक सय भन्दा बढीलाई ओलीले टीका लगाइदिए । ठूलो पंक्तिले ओलीसँग टीका लगाए पनि सिलवालले भने ओलीको हातबाट टीका लगाएनन् ।
गत भदौ २७ गते अदालतबाट उनको मुद्दा खारेजीपछि दुई पेज लामो राजनीतिक विज्ञप्ति जारी गर्दै प्रहरी सेवाबाटै राजीनामा दिएको घोषणा गरेका थिए । तर उनले आफ्नो विज्ञप्तिमा न्यायका लागि लडिरहने र सामाजिक काममा लाग्ने बताएका थिए । सिलवालको यो उपस्थितिले उनको झुकाव एमालेतिर भएको धेरैले अड्कल काटे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण