एमालेको पार्टी प्रवेश कार्यक्रममा नवराज सिलवाल !
ललितपुर– दुई साताअघि नेपाल प्रहरीको डीआईजीबाट राजीनामा दिएका नवराज सिलवाल बुधबार नेकपा एमालेको एउटा कार्यक्रममा कार्यकर्ता माझ उपस्थित थिए ।
कालो चश्मा र कालै टोपी लगाएका उनी एमालेका अन्य कार्यकर्तालेजस्तै घाँटीमा रातो धजो लगाएका थिए । जुन कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि थिए ।
नेकपा एमाले ललितपुर जिल्ला कमिटीको आयोजनामा प्रयाग पोखरीमा आयोजित बडादशैं, दीपावली, नेपाल संवत, छठ तथा ल्होसार पर्वका अवसरमा आयोजित शुभकामना प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा एमाले कार्यकर्ताको पक्तिमा सिलवाल गम्भीर मुद्रामा बसेका थिए ।
उनी बसेकोतिर पत्रकारहरुको क्यामरा फर्किएपछि भने उनले आफ्नो चुच्चे टोपीले अनुहार छोप्न खोजे । तर क्यामराको कैदमा परेरै छाडे ।
विभिन्न पार्टीका ठूलो पंक्ति एमालेमा प्रवेश गराउने कार्यक्रम भएकैले एमाले अध्यक्ष ओली आफै प्रमुख अतिथिका रुपमा उपस्थित थिए । कार्यक्रममा एक सय भन्दा बढीलाई ओलीले टीका लगाइदिए । ठूलो पंक्तिले ओलीसँग टीका लगाए पनि सिलवालले भने ओलीको हातबाट टीका लगाएनन् ।
गत भदौ २७ गते अदालतबाट उनको मुद्दा खारेजीपछि दुई पेज लामो राजनीतिक विज्ञप्ति जारी गर्दै प्रहरी सेवाबाटै राजीनामा दिएको घोषणा गरेका थिए । तर उनले आफ्नो विज्ञप्तिमा न्यायका लागि लडिरहने र सामाजिक काममा लाग्ने बताएका थिए । सिलवालको यो उपस्थितिले उनको झुकाव एमालेतिर भएको धेरैले अड्कल काटे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपभोक्तालाई निर्बाध इन्टरनेट सेवा उपलब्ध नगराए हदैसम्मको कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण
-
वैशाख ३१ मा बागमती प्रदेश अधिवेशन बोलाउन दलहरू सहमत
-
आप्रवासन विभागको सदस्यमा देउवाले गरे १० जना मनोनीत
-
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन मन्त्रालयकाे अपिल
-
सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने
-
डढेलो रोक्न हेलिकोप्टर प्रयोगबारे मन्त्रिपरिषद्मा गृहमन्त्री लामिछानेको प्रस्ताव