बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

सलमानसँग 'ब्रेकअप'पछि देश छोडेर गएकी थिइन् यी अभिनेत्री

मङ्गलबार, २७ माघ २०७७, ११ : ०८
मङ्गलबार, २७ माघ २०७७

बलिउड अभिनेता सलमान खानको प्रेमसम्बन्धको चर्चा सधैँ हुने गर्छ । सेलिब्रटी भएकै कारण उनको प्रेमसम्बन्धदेखि हर व्यक्तिगत जीवनको बारेमा चर्चा हुने गर्छ । 

उनको सबैभन्दा बढी प्रेमसम्बन्ध र विवाहकोबारेमा चर्चा हुने गर्छ । उनले आफ्नो जीवनमा थुप्रै सम्बन्धहरु राखेका छन् जुन चर्चामा पनि छ । 

उनका प्रेमसम्बन्धहरुमा एक अभिनेत्री हुन्, सोमी अली खान । सोमी अली खान र सलमान खानको प्रेम सम्बन्ध निकै चर्चामा थियो । उनीहरु एक अर्कासँग प्रेममा थिए । र विवाहको योजना थिए । 

सोमी ९० को दशककी चर्चित अभिनेत्री हुन् । उनले सलमानसँग सम्बन्ध टुटेपछि बलिउड मात्र होइन देश नै छोडेर गइन् । 

देश छोडेको वर्षौँपछि उनले एक मिडियालाई दिएको अन्तरवार्ताका कारण उनी एक पटक फेरि चर्चामा छिन् । उनले सन् १९९९ मा केही वर्षको प्रेमसम्बन्धपछि उनको ब्रेकअप भएको बताइन् । 

उनले १७ वर्षको उमेरमा मुम्बई आएको बताइन् । पहिलोपटक पोर्टफोलियो फोटोग्राफर गौतम राजदक्षक्षसँग भेट भएको र उनले अडिसनका लागि पठाएको ठाउँमा सलमानसँग भेट भएको सोमीले बताइन् । 

त्यसपछि फिल्ममा काम गर्दागर्दै सम्बन्ध अगाडि बढ्यो । तर समयसँगै सलमानसँगको सम्बन्ध बिग्रदैँ गयो । त्यसपछि उनले देश छोड्ने फैसला गरिन् । र अमेरिका गइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप