बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

‘आशिकी’ हिट भएलगत्तै राहुल रोयलाई ६० वटा फिल्मको अफर, तर पनि किन भए फिल्मबाट टाढा ?

मङ्गलबार, २७ माघ २०७७, १३ : ५३
मङ्गलबार, २७ माघ २०७७

‘बस एक सनम चाहिए आशिकी के लिए’ आशिकी को गीतको यो लाइन सबैलाई राम्रोसँग याद होला । यसका साथै फिल्मका नायक राहुल रोयलाई पनि कसरी बिर्सन सकिन्छ र ? फिल्म ‘आशिकी’ बाट नायक राहुल रोयमार्फत् जुन पहिचान पाए, त्यसले उनलाई रोमान्टिक हिरो, लभर बोयजस्ता उपनाम पाए । राहुल रोयको पहिलो फिल्म आशिकी अत्यधिक हिट भएको थियो तर आखिर त्यस्तो के भयो कि उनी फिल्मको दुनियाँबाट टाढा भए । आज हामी तपाईंलाई राहुल रोयको फिल्म र नीजि जीवनबारे कुराबारे केही जानकारी दिँदैछौं ।

राहुल रोयकी आमाले एक महिला पत्रिकामा लेख लेख्ने गर्थिन्, जुन पढेर निर्देशक महेश भट्ट निकै प्रभावित भएका थिए । महेश राहुलकी आमालाई भेट्न उनको घर गएका थिए । यसै क्रममा उनको नजर नायकको तस्बिरमा पर्यो जुन देखेर महेशले राहुललाई आफ्नो फिल्म आशिकी अफर गरेका थिए । त्यतिबो राहुल मोडलिङ गरिरहेका थिए र उनले फिल्म गर्न स्विकार गरे । 

फिल्म ‘आशिकी’ सिनेमाघरमा रिलिज भयो र नायकको पहिलो फिल्म नै हिट भयो । राहुलले सायदै कहिले सोचेका थिएनन् कि उनको पहिलो फिल्म नै हिट हुनेछ । आशिकी करिब ६ महिनासम्म हाउसफूल चलिरह्यो र यसको सफलताले राहुललाई रातारात स्टार बनाइदियो । दर्शकलाई यो फिल्म निकै मनपर्यो तर त्यसपछि लगातार ८ महिनासम्म राहुललाई एउटा पनि फिल्म अफर भएन । नायकसँग कुनै काम पनि थिएन ।
 
सुरुमा उनलाई कुनै फिल्म अफर भएन तर जब फिल्म अफर भयो तब एकसाथ उनलाई ६० वटा फिल्म अफर भएको थियो । राहुलले करिब ४७ फिल्म साइन गरेका थिए । उनी पुनः खाली बस्नुपर्ने हो कि भन्ने चिन्ताले उनले एकैपटक ४७ फिल्म साइन गरेका थिए । राहुलको पहिलो फिल्म आशिकी अत्यधिक हिट भएको थियो तर त्यसपछिका उनका २५ फिल्म पर्दामा नराम्रोसँग फ्लप भयो । राहुलले ‘फिर तेरी याद आई’, ‘जानम’, ‘सपने साजन के’, ‘गुमराह’ र ‘मझदार’ जस्ता फिल्ममा अभिनय गरे । जम्मा गरेर उनले २५ वटा फिल्ममा अभिनय गरेका थिए तर तीमध्ये केहीले पनि कमाल देखाउन सकेन ।

त्यसपछि सन् १९९२ मा राहुल रोयलाई महेश भट्टको निर्देशनमा बनेको फिल्म ‘जुनून’ मा काम गर्ने मौका पाए । यो फिल्ममा नायकले आफ्नो नेगेटिभ भूमिकाबाट दर्शकलाई हैरान पारिदिए । तर यो फिल्मले पनि उनको करियरलाई केही राम्रो गर्न सकेन । आफ्नो फिल्मी करियरमा राहुलले भोजपुरी फिल्ममा पनि आफ्नो हात हाले । यहाँसम्म कि उनीहरुले बी र सी ग्रेड फिल्ममा पनि साइन गरेका थिए । तरपनि राहुल रोयको भाग्य चम्किन सकेन तसर्थ उनी क्रमशः फिल्मबाट टाढा भए । 

नायक राहुल रोयको प्रेम जीवनबारे कुरा गर्ने हो भने त्यो खासै सफल रहन सकेन । सबैभन्दा पहिला उनको अफेयर महेश भट्टकी जेठी छोरी तथा नायिका पूजा भट्टसँग भयो । तर दुबैले आफ्नो सम्बन्धलाई कहिले पनि स्विकारेनन् । राहुलको फ्लप फिल्मबीच उनको जीवनमा नायिका मनिषा कोइराला आइन् । दुबैले फिल्म ‘मझदार’ मा सँगै काम गरेका थिए र यतैबाट दुबैले एक–अर्कालाई डेट गर्न थाले । तर राहुल आफ्नो खस्कँदो करियरका कारण निकै चिन्तामा थिए । मनिषा र उनको सम्बन्ध पनि लामो चल्न सकेन । त्यसपछि राहुल रोयले मोडल राजलक्ष्मी खानविलकरसँग विवाह गरे तर विवाह गरेको १४ वर्षपछि दुबैको सम्बन्धविच्छेद भयो ।

केही वर्षअघि राहुलले रियालिटी शो ‘बिग बस’ मा पनि भाग लिएका थिए । यतिमात्रै होइन राहुल रोय ‘बिग बस’ सिजन १ का बिजेता पनि रहेका थिए । तर त्यसपछि पनि राहुलको करियरलाई कुनै फरक पारेन । त्यसपछि नायकले फिल्मको निर्देशन गर्न सुरु गरे । अब उनको राहुल रोय प्रोडक्सनको नामले प्रोडक्सन हाउस छ । उनी क्षेत्रीय फिल्म पनि निर्माण गर्छन् । अघिल्लो महिना राहुल कारगिलमा आफ्नो आगामी फिल्मको सुटिङको क्रममा ब्रेन स्ट्रोकको शिकार भएका थिए । त्यसपछि उनी लामो समयसम्म मुम्बईमा नानावती अस्पतालमा भर्ना भएका थिए । हाल राहुल स्वस्थ छन् र उनी डिस्चार्ज भएर घर आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप