बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

पोर्न भिडियो बनाउने नायिकाको टिमको दाबीः अघिल्लो वर्ष गहनालाई ४ पटक हृदयघात भएको थियो

बुधबार, २८ माघ २०७७, ०८ : १९
बुधबार, २८ माघ २०७७

पोर्न भिडियो बनाउने मामिलामा शनिबार पक्राउ परेकी नायिका गहना वशिष्ठको समूहले अर्को एउटा वक्तव्य जारी गरेको छ । यसमा उनको स्वास्थ्यसँग सम्बन्धित जानकारी दिँदै गहनाको स्थिती निकै नाजुक भएको बताइएको छ । वक्तव्यका अनुसार गहनाले चार हृदयघातको सामना गर्नुपरेको थियो । समूहले बताए अनुसार गहना पक्राउ हुदा उनको सुगर लेभल ६ सय थियो । 

यद्यपि, गहनालाई १० फेब्रुअरीसम्म हिरासतमा पठाइएको छ । यहाँ उनलाई सोधपुछ गरिँदै छ । गहनामाथि संघर्षरत नायिकालाई जबर्जस्ती बोल्ड भिडियो सुट गराउन लगाएको आरोप छ । 


टिमले भन्यो, 'गहना अपराधी होइनन्'

इन्डियन एक्सप्रेसको खबर अनुसार गहनाको टीम फ्लिन रेमेडियोजले एक बयानमा भनेको छ,  ‘ गहनाले अघिल्लो वर्ष चार पटक हृदयघातको सामना गरिसकेकी छिन् । उनी दमकी रोगी पनि हुन् । उनको अवस्था निकै नै खराब छ । मुम्बई प्रहरीले उनलाई मानवताको नाताले व्यवहार गर्नुपर्छ । उनी अपराधी होइनन । उनले एरोटिक मात्रै सुट गरिरहेकी थिइन् । उनको काममा पोर्नोग्राफी छैन । राज्यले कुनै पनि कलाकार र निर्देशकको सिर्जनात्मक काममा हस्तक्षेप गर्नुहुँदैन । उनी अन्यले चलाएको पोर्न र्याकेटमा सहभागी भएकी होइनन् । ’

डायबिटिक कोटोएसिडोसिसबाट पीडित छिन् गहनाः

वक्तव्यमा भनिएको छ, ‘नोभेम्बर सन् २०१९ मा करिब एक हप्तासम्म उनी भेन्टिलेटरमा थिइन् । मृत्युको निकै नजिक । उनको सुगर लेभल ५ सयभन्दा माथि हुन्छ । जुन दिन उनलाई पक्राउ गरिएको थियो, त्यस दिनपनि उनको सुगर लेभल ६ सयसम्म थियो । उनलाई तुरुन्त अस्पताल लैजान आवश्यक छ । ’ 

उनका डाक्टर प्रणव काबराले भने, ‘नोभेम्बर सन् २०१९ मा डायबिटिक केटोएसिडोसिसका लागि उपचार गरिएको थियो । ’

डायबिटिक केटोएसिडोसिस एक घातक स्थिती हो र यसद्वारा पीडित ९८ प्रतिशत रोगीको मृत्यु हुने गर्छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप