बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

के सुष्मिता–रोहमनबीच सबैकुरा ठिक छ ? पोस्ट देखेर अलमल्लमा परे प्रशंसक

बिहीबार, २९ माघ २०७७, ०७ : ३८
बिहीबार, २९ माघ २०७७

सोसल मिडियामा सक्रिय रहने बलिउड नायिका सुष्मिता सेनको एउटा पोस्टले प्रशंसक अलमल्लमा परेका छन् । सुष्मिताको बुधबारको यो पोस्ट उनले आफ्नो इन्स्टाग्राम र ट्वीटर ह्यान्डलबाट गरेकी थिइन् । तत्पश्चात् प्रशंसकमाझ के उनले लेखेको कुरा आफ्ना प्रेमीका लागि समर्पित थियो भन्ने कुरा उठ्न थालेको छ । स्मरण रहोस्, सुष्मिता र रोहमन विगत लामो समयदेखि सम्बन्धमा छन् र दुबैको तस्बिर सोसल मिडियामा निकै भाइरल पनि हुने गर्छन् । 

सुष्मिताले के लेखिन् ?

सुष्मिताले आफ्नो पोस्टमा लेखिन्, ‘समस्या यो हो कि महिलालाई लाग्छ कि ऊ परिवर्तन हुनेछ, तर परिवर्तन हुँदैन । पुरुषलाई लाग्छ कि उनले कहिल्यै छोडेर जाने छैनन्, तर उनी जानेछिन् । ’ सुष्मिताका यी दुई लाइनले निकै गहिरो कुरा गर्छ तर यसले यो अन्दाज लगाउन मुश्किल छ कि उनले के सोचेर यस्ता कुरा लेखिरहेकी छिन् । 

उनले आफ्नो यो पोस्टको क्याप्सनमा लेखिन्, ‘कहानीको सार यो हो कि ऊ परिवर्तन हुँदैन र उनले छोडेर जान्छिन् ।’ 

सुष्मिताले यो पोस्ट गर्नेबित्तिकै प्रशंसक र फलोअर्सले कमेन्ट बक्समा यसबारे प्रतिक्रिया दिन सुरु गरिदिए । एक प्रयोगकर्ताले लेखे, ‘आशा गर्छु कि तपाईंहरु दुईजना अलग्गिनु हुनेछैन ।’ 

यस्तै अर्का प्रयोगकर्ताले लेखे, ‘म आशा गर्छु कि तपाईंको पार्टनरसँग सबैकुरा राम्रो चलिरहेको छ ।’

सुष्मिताले यो कुरा प्रेमीलाई इंगित गर्दै लेखेको हुनसक्ने अनुमान धेरैले लगाए । एकातिर कति प्रशंसकले सुष्मिताको यो कुरामा आफ्नो सहमति व्यक्त गरेका छन् । 

स्मरण रहोस्, सुष्मिता र रोहमनको विवाहबारे निकै अघिदेखि हल्ला सुरु भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप