बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

आफ्ना प्रेमीलाई दराजभित्र लुकाएकी प्रियंकाले खोलिन् यस्तो राज

शनिबार, ०१ फागुन २०७७, १० : ०६
शनिबार, ०१ फागुन २०७७

बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले पछिल्लो समय प्रकाशित गरेकी उनको अटोबायोग्राफी 'अनफिनिश्ड' को चर्चा चुलिएको छ । 

उनले उक्त पुस्तकमा आफ्नो व्यवसायिक र व्यक्तिगत जीवनलाई लिएर विभिन्न प्रकारका खुलासा गरेकी छिन् । उनले उक्त पुस्तकमा आफ्ना रमाइला पलहरु पनि लेखेकी छिन् भने संघर्षका कथाहरु पनि प्रस्तुत गरेकी छन् । 

यसैबीच, उक्त किताबमा उल्लेख भएको एक रोचक कहानी उनको प्रेमीको बारेमा रहेको छ । उनले लेखेकी छिन्, 'जब म कक्षा १० मा पढ्थेँ । त्यतिबेला म अमेरिकामा आन्टीसँग बस्ने गर्थेँ । त्यससमय म एक बब नाम गरेका एक युवकसँग प्रेममा थिएँ ।'

आफ्नो टिनएजको प्रेमको विषयमा उनले अगाडि लेखेकी छिन्, 'एक दिन बब र म आन्टीको घरको सोफामा बसेर हातमा हात राखेर टिभी हेर्दै थियौँ । अचानक मैले आन्टी आउँदै गरेको देखे । मैले केही सोच्न सकिन र मैले बबलाई दराजमा लुकाए ।' 

त्यसपछि उनले बायोलोजीको किताब हातमा लिएर बसिन् । उनका अनुसार उनकी आन्टीले घरको सबै स्थान ध्यान दिएर देखिरहेकी थिइन् । त्यसपछि आन्टीले दराज खोल्न भनिन् । उनले दराज खोल्दा बब भेटिए । त्यसपछि आन्टीले प्रियंकाकी आमालाई फोन गरेर उनको बारेमा बताइन् । त्यसपछि प्रियंका भारत फर्किन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप