बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

ऐश्वर्यामाथि लाग्यो यस्ता आरोप, किन दिइनन् स्पष्टिकरण ?

शनिबार, ०१ फागुन २०७७, १० : ३३
शनिबार, ०१ फागुन २०७७

बलिउडकी सुन्दर अभिनेत्री ऐश्वर्या राय जति उमेर बढ्दै गयो उति नै सुन्दर देखिन्छिन् । बलिउड अभिनेता अभिषेक बच्चनसँग विवाह गरेपछि उनी बलिउड उद्योगबाट टाढिइन् । कहिलेकाँही एक वा दुई फिल्म खेलेपनि उनी चर्चाको दुनियाँबाट टाढा छिन् । 

बलिउड क्षेत्रमा हुने चर्चा र परिचर्चाका विषयहरुमा अभिनेत्रीहरुको व्यक्तिगत जीन्दगीको विषयमा पनि अनेकन् अफवाहहरु बाहिरिन्छन् । 

विश्व सुन्दरीको समेत ताज पहिरिएकी ऐश्वर्याको सुन्दरताको विषयमा विशेष रुपमा चर्चामा रहन्छ । तर, उक्त समयमा उनको सुन्दरताको विषयमा प्रश्न गरिएको थियो । उनको सुन्दरतालाई कृत्रिम बताइएको थियो । 

संसारकी सबैभन्दा सुन्दर अभिनेत्रीहरुको सूचीमा पर्न सफल अभिनेत्री ऐश्वर्या रायमाथि प्लास्टिक सर्जरी गरेको आरोप लागेको थियो । उनको नक्कली सुन्दरताका कारण उनले ताज जितेको आरोप लागेको थियो । 

उनले नाक, गाला, ओठ जस्ता अंगहरुको प्लाष्टिक सर्जरी गराएको बताइएको थियो । तर उनले यस्ता आरोपहरुको कुनै जवाफ नै दिइनन् । उनी कुनै पनि चर्चाको विषयमा उनले कुनै प्रतिक्रिया दिइनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप