किन घृणा गर्छिन् रेखा आफ्ना पितालाई, अन्तिम संस्कारमा समेत भइनन् सामेल
बलिउडकी सदाबहार अभिनेत्री रेखाको जीवन कहानी निकै दुखदायी छ । उनको बालापनदेखि लिएर वैवाहिक जीवन पनि उनको पीडादायी छ । यद्यपि, उनले आफ्नो करियरमा समेत ठूलो सफलता हासिल गरिन् ।
साउथ फिल्मका चर्चित अभिनेता जेमिनी गणेशन र चर्चित अभिनेत्री पुष्पावलीकी छोरी रेखाको सम्बन्ध आफ्ना पितासँग कहिल्यै राम्रो भएन ।
उनी आफ्ना पितालाई घृणा गर्छिन् । पिताप्रतिको घृणा कै कारण उनी उनको अन्तिम संस्कारमा समेत सामेल भइनन् ।
रेखाले कहिल्यै आफ्ना पिताको थर आफ्नो नामको पछाडि जोडिनन् । पिता साउथका किंग अफ रोमान्स का नामले चिनिन्थे । उनका पिता गणेशनसँग विवाहभन्दा पहिले नै उनकी आमा पुप्षावली गर्भवती भइन् र रेखाको जन्म भएको थियो । उनका पिताले चारवटा विवाह गरे तर रेखाकी आमालाई कहिल्यै पत्निको दर्जा दिएनन् ।
पारिवारिक अवस्था नाजुक भएका कारण रेखाले १३ वर्षको उमेरमा नै काम सुरु गरिन् । सुरुवाती दिनमा उनले तेलुगु फिल्ममा डि ग्रेडको काम गरेकी थिइन् । रेखाको जन्मपछि फिल्म क्षेत्रबाट हात झिकेकी पुष्पवलीले रेखालाई फिल्म क्षेत्रमा स्थापित गर्न धेरै मेहनत गरिन् । रेखाका पिताले उनलाई सजिल्यै फिल्म क्षेत्रमा ल्याउन सक्थे तर उनले कहिल्यै रेखालाई मद्दत गरेनन् त्यसबेलादेखि रेखाले पितालाई घृणा गर्न थालिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी
-
२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि
-
‘सास फेर्ने ठाउँ’ खोज्दैछ बैंकिङ क्षेत्र, निजी क्षेत्रसँग छैनन् ठोस एजेन्डा
-
‘फेरि रेशम फिलिली’ विवाद : अभिनेता विनय श्रेष्ठविरुद्ध निर्माता रौनक विक्रम पुगे अदालत
-
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
-
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण