शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पंचायतकी निता अमेरिकाको सनफ्रान्सिस्को चलचित्र महोत्सवमा

शुक्रबार, २० असोज २०७४, ०८ : २२
शुक्रबार, २० असोज २०७४

सनफ्रान्सिस्को - नेपाली चलचित्र पंचायतकी नायिका निता ढुंगाना अमेरिकाको सनफ्रान्सिस्को अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुने भएकी छिन् । 

पंचायत उनको पछिल्लो फिल्म हो । यो सँगै उनले थुप्रै चलचित्र तथा म्यूजिक भिडियोमा  अभिनय गरिसकेकी छन् । 

सनफ्रान्सिस्को शहरमा अक्टोबर २५ देखी २९ सम्म नया अवधारणा अनुसार हुने महोत्सवमा कलाकार ढुंगाना आउने भएकी हुन् ।

बिगत १५ वर्षदेखी सुरू भएको चलचित्र महोत्सवमा गत वर्षदेखि नेपाली चलचित्र पनि सहभागी हुन् थालेको साउथ एसियन संयोजक तथा नेपाल पर्यटन बोर्ड सनफ्रान्सिस्को लागि दूत प्रकाश थापाले रातोपाटीलाई बताए ।

गत वर्ष नेपाली चलचित्र तीन घुम्तीले उत्कृष्ट बिदेशी भाषाको चलचित्रको उपाधि जितेको थियो ।

महोत्सवमा हलीउड र एसियन चलचित्रहरु गरी दुई सय चलचित्रले प्रतिस्पर्धा गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप