प्रहरीको नियन्त्रणमा रहेका थुनुवा फरार
शनिबार, ०८ फागुन २०७७, ११ : ३८
काठमाडौं । प्रहरीको नियन्त्रणमा रहेका थुनुवा वैदेशिक रोजगार विभागको कार्यालयबाट भागेका छन् ।
गोरखा अजिरकोट घर भएका सन्तोष सदा शंकर शुक्रवार साँझ बुद्धनगरस्थित बैदेशिक रोजगार विभागबाट प्रहरीको घेरा तोडेर भागेका हुन् । फरार थुनुवाको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।
महानगरीय अपराध महाशाखाको टोलीले गोरखा अजिरकोटका सन्तोषलाई पक्रेर बानेश्वर प्रहरीको हिरासतमा राखेको थियो । शुक्रवार वैदेशीक रोजगार ठगी मुद्दामा बानेश्वर प्रहरीले उनलाई विभागमा उपस्थित गरायो ।
विभागले म्याद थप गरेर पत्रसहित प्रहरीलाई थुनुवा जिम्मा लगाएको बताइएको छ । तर, प्रहरीको घेरा तोडेर सन्तोष भागे । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई खोजिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण