परराष्ट्र मन्त्रालयले १० वटा पुराना गाडी बिक्री गर्दै

काठमाडौं । परराष्ट्र मन्त्रालयले १० थान पूराना सवारी साधन बिक्री गर्ने भएको छ । मन्त्रालयले मोटरसाइकल एकथान र अन्य कार्यालय सम्बन्धि मालसामान पनि बिक्रीमा राखेको छ । लिलामी बिक्री सोझै वार्ताद्धारा हुनेछ । वार्ता प्रक्रियामा भाग लिन इच्छुक व्यक्ति, फर्म वा संस्थाले सूचना प्रकाशित भएको सोह्रौ दिन मध्यान्ह १२ बजेभित्र मन्त्रालयको सामान्य प्रशासन महाशाखामा सम्पर्क गर्नुपर्नेछ ।
वार्तामा सहभागी भएर सामान सकार गर्न रकम कबोल गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले आफुले बोलकबोल गरेको रकमको १३ प्रतिशत मूल्य अभिबृद्धि कर समेत जोडेर आउने रकमको १० प्रतिशत नगदै धरौटी बुझाउनुपर्नेछ । रकम जममा नगरेसम्म बोलकबोल रकमलाई मान्यता नदिने मन्त्रालयले जनाएको छ । सरकारी सवारी साधन कवाडीको रुपमा फाल्ने र वर्षेनी नयाँ सवारी साधन किनेर राज्य कोषको चरम दुरुपयोग भएको भन्दै आलोचना हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन