सर्वोच्चको फैसलापछि कर्णालीमा ब्युँतिए एमाले र माओवादी कार्यालय
सुर्खेत । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि कर्णालीका विभिन्न जिल्लाका पार्टी कार्यालयहरु पनि ब्युँतिएका छन् । आइतबार सर्वोच्चले फैसला गरेसँगै जिल्लाहरुमा आ–आफ्नो पार्टीको नाम चिन्ह सहितको बोर्ड राख्ने कार्य भएका छन्। मंगलबार कर्णालीका सुर्खेत, कालिकोट, जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लेखिएका बोर्ड हटाएर एमाले र माओवादी केन्द्र लेखिएका बोर्डहरु टाँगिएका छन् ।
नेकपा एमाले सुर्खेतले मंगलबारदेखि जिल्ला पार्टी कार्यालय खुलायो । वीरेन्द्रनगरस्थित पार्टी कार्यालयको प्राङ्गणमा नाचगान गर्दै एमाले समर्थकले ‘केपी ओली जिन्दावाद, एमाले पार्टी जिन्दावाद’ को नारासमेत लगाएर पार्टी कार्यालयमा दिपावली नै मनाए ।
पार्टी कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्विरसमेत राखिएको छ । नेकपा एमालेका प्रदेश कमिटी सदस्य ताराप्रसाद देवकोटाले आफ्नो पार्टी एमाले नै भएको र अदालतले पार्टी पुनःस्थापना गरिदिएकाले आफूहरु उत्साहित भएको बताए ।
उनले भने, ‘सबैलाई समेटेर एमालेलाई एकताबद्ध बनाउनुबाहेक अरु विकल्प छैन ।’ एमाले जिल्ला कमिटी सचिव मोहन बडुवालले विगतमा भएका सम्पूर्ण गतिविधिलाई यथावत राखी पार्टीलाई एक बनाउन लागिपर्ने प्रतिबद्धता जनाए ।
सबै नेताहरुसँगको छलफलपछि जिल्लास्थित एमालेका सबै कमिटीको बैठक राख्ने उनले बताए । यस्तै माओवादी केन्द्रले पनि जिल्ला पार्टी कार्यालयमा पुनः नेकपा माओवादी केन्द्र लेखेको बोर्ड झुण्ड्याएको छ । बोर्ड राख्ने कार्यक्रममा माओवादी केन्द्रका नेता, कार्यकर्ता तथा युवा÷विद्यार्थी सहभागी भएका थिए ।
नेकपा एमालेले रुकुम पश्चिमले पनि आफ्नो नयाँ बोर्ड राखेको छ । केन्द्रीय सदस्य खेममान खड्का, नन्दराम देवकोटा, ओली पक्षका जिल्ला अध्यक्ष टंकप्रसाद ओली लगायत नेता कार्यकर्ताले नेपाल कम्युनिष्ट पार्टीको बोर्ड हटाएर एमालेको नयाँ बोर्ड राखेका हुन् । जिल्ला सदरमुकाम खलंगास्थित बागबजारमा रहेको मदन आश्रित भवनमा पार्टीको बोर्ड राखिएको हो । यस अघि पनि उक्त भवन नेकपा एमालेको पार्टी कार्यालय हो ।
कार्यालयमा यस अघि लगाइएका ताला तोडेर अरु ताला लगाइएको छ । बोर्ड राख्ने कार्यक्रमलाई जिल्ला अध्यक्ष ओली र केन्द्रीय सदस्य खड्काले सम्बोधन समेत गरेका थिए । यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यालय रहेको जाजरकोटमा नेकपा (एमाले)को बोर्ड राखिएको छ ।
सर्वाेच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकताबारे विवादको फैसला गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई ब्यूँताएपछि जाजरकोटमा नेकपा एमालेको बोर्ड राखिएको हो । जाजरकोट एमालेले पनि नेकपा (एमाले)को बोर्ड राखिसकेको छ । केन्द्रीय सदस्य कौशिलावती खत्रीले दिएको जानकारी अनुसार कार्यक्रमा ओली समुहका नेताहरुको बाक्लो उपस्थिति थियो ।
एमाले कालिकोटका अनुसार तत्कालीन नेकपा एमाले पार्टीका कार्यालय ब्युँताइएको छ । खाँडाचक्र नगरपालिका–१ मान्म स्थित नेकपाको पार्टी कार्यालयलाई नेकपा एमालेको पार्टी कार्यालयमा परिणत गरिएको एमालेका नेता राजेन्द्र शाहीले जानकारी दिए ।
थापा सहित नेता धिरबहादुर वम, महिला नेतृ पार्वती सिंह, नेता मनराज शाही युवा संघका नेता जनक बहादुर शाही, अनेरास्ववियुका नेता शन्तोष महतारा लगायतको अगुवाईमा एमालेको बोर्ड राख्दै जिल्ला पार्टी कार्यालय सञ्चालनमा आएको घोषणा गरिएको हा । सो कार्यालयमा दुवै समुहको ताला लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साना पार्टीभित्र ठुला विवाद, कसको अवस्था कस्तो ?
-
बागमती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
ब्राजिलबाट आयातित केही वस्तुमा २५ प्रतिशत भन्सार शुल्क लगाउँदै अमेरिका
-
मुख्यमन्त्री शाह र नेकपाका नेताहरुबिच छलफल
-
साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
-
८ इरानी मिसाइल खसालेको जोर्डनको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण