ब्राजिलबाट आयातित केही वस्तुमा २५ प्रतिशत भन्सार शुल्क लगाउँदै अमेरिका
सारांश
- अमेरिकाले ब्राजिलबाट आयात हुने केही वस्तुमा २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने घोषणा गरेको छ ।
- अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले बुधबार राति उक्त निर्णय सार्वजनिक गरेका हुन्, जुन अमेरिकी व्यापार ऐनको सेक्सन ३०१ अन्तर्गतको अनुसन्धानपछि आएको हो ।
- ब्राजिलको डिजिटल व्यापार नीति, भन्सार व्यवस्था, बौद्धिक सम्पत्ति अधिकार, इथानोल बजारमा पहुँच तथा वन विनाशसम्बन्धी नीतिहरूले अमेरिकी व्यापारमा अनुचित भार पारेको निष्कर्ष अनुसन्धानले निकालेको छ ।
वासिङ्टन डिसी । अमेरिकाले ब्राजिलबाट आयात हुने केही वस्तुमा २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेको छ ।
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले बुधबार राति उक्त निर्णय सार्वजनिक गरेका हुन् । यो निर्णय अमेरिकी व्यापार ऐनको सेक्सन ३०१ अन्तर्गत गरिएको एक वर्ष लामो अनुसन्धानपछि आएको हो ।
अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयका अनुसार ब्राजिलको डिजिटल व्यापार नीति, भन्सार व्यवस्था, बौद्धिक सम्पत्ति अधिकार, इथानोल बजारमा पहुँच तथा वन विनाशसम्बन्धी नीतिहरूले अमेरिकी व्यापारमा अनुचित भार पारेको निष्कर्ष अनुसन्धानले निकालेको छ ।
ग्रियरले विज्ञप्तिमा भनेा छन्, ‘अमेरिकी कामदार र कम्पनीहरूले समान प्रतिस्पर्धात्मक वातावरण पाउनका लागि यी अनुचित व्यापार अभ्यासको समाधान गर्न आजको कदम आवश्यक भएको हो ।’
उनले पछिल्लो एक वर्षदेखि ब्राजिलसँग व्यापक वार्ता भए पनि ती मुद्दाहरू समाधान हुन नसकेको बताए । यद्यपि, अमेरिका थप वार्ताका लागि अझै खुला रहेको उनको भनाइ छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ब्राजिल सरकारले अमेरिकासँग इमान्दारीपूर्वक वार्ता नगरेको आरोप लगाएका छन् । उनले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले ब्राजिली जनताको हितभन्दा आफ्नो व्यक्तिगत अहंलाई प्राथमिकता दिएको टिप्पणी गरे ।
यसअघि रोयटर्सले पनि ब्राजिलले महिनौँसम्म चलेको तर निष्कर्षविहीन वार्तापछि अमेरिकाले हजारौँ ब्राजिली वस्तुमा २५ प्रतिशत नयाँ ट्यारिफ लगाउने तयारी गरिरहेको जनाएको थियो । ब्राजिल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ व्यापार रणनीतिअन्तर्गत सेक्सन ३०१ प्रयोग गरी अतिरिक्त ट्यारिफको निशानामा पर्ने पहिलो देश बनेको छ ।
उक्त कानुनी व्यवस्था अन्तर्गत अमेरिका कुनै देशले अनुचित व्यापार अभ्यास गरेको ठहर गरेमा अनुसन्धान गरी त्यसविरुद्ध व्यापारिक प्रतिबन्ध वा अतिरिक्त भन्सार शुल्क लगाउन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा
-
बहुदलीय जनवादको अगेनोमा रोटी सेक्ने र दाउरा बोक्नेबिचको द्वन्द्व
-
फरक-फरक स्थानमा तीन जना मृत अवस्थामा फेला, प्रहरीद्वारा अनुसन्धान सुरु
-
रास्वपामा वरीयता : निवर्तमान महामन्त्री बुर्लाकोटी १३औँ स्थानमा
-
सरकारले गर्यो ६ सचिवको सरुवा, अर्याल पुगिन् जगेडामा
-
हर्मुज केन्द्रित अमेरिकी आक्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण