सिद्धिडाँडामा प्रचारप्रसार र पूर्वाधार आवश्यकता
ताप्लेजुङ । स्थानीय फुङ्लिङ नगरपालिका–९ स्थित सिद्धिडाँडा धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल भए तापनि प्रचारप्रसार र पूर्वाधार विकासको अभावमा ओझेलमा परेको छ ।
हिन्दू र बौद्ध धर्मसँग सम्बन्धित विभिन्न धार्मिकस्थल रहेको सिद्धिडाँडामा चण्डेश्वर महादेव, महाबौद्ध ठिसोङ गुम्बा, पाथीभरा देवी, चण्डी, सरस्वती, गोपेश्वर महादेव, जलेश्वर महादेव, शेषनागको मन्दिर रहेको छ ।
प्राकृतिक सम्पदाले भरिपूर्ण त्यस क्षेत्रमाजलेश्वर–शेषनाग र गङ्गामाई पोखरीसमेत रहेकाले धार्मिक तथा आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्ने प्रशस्त सम्भावना छ ।
महाबौद्ध ठिसोङ गुम्बा संरक्षण समितिकी अध्यक्ष कमला रम्तेलका अनुसार अहिले दैनिक सरदर ५० देखि ६० जना आन्तरिक पर्यटक सिद्धिडाँडा पुग्ने गरेको पाइन्छ । त्यहाँ शिवरात्रि, नवरात्र, साउनको सोमबार तथा बालाचतुर्दशीका अवसरमा धेरै सङ्ख्यामा भक्तजन पुग्छन् ।
नवरात्रमा देवीको विशेष पूजा, साउनको सोमबार र महाशिवरात्रिमा महादेवसम्बन्धी विशेष पूजा आराधना हुने गरेको छ । त्यस्तै बालाचतुर्दशीमा त्यहाँ शतबिज छर्ने परम्परा छ । महाशिवरात्रिका अवसरमा नेपाली सेनाले आफ्नो स्थापना दिवससमेत त्यहाँ आयोजना गर्दै आएको छ ।
नगरपालिकाले त्यस डाँडाको विकासका सन्दर्भमा घेराबेरा निर्माण, पोखरी संरक्षण, रेलिङ निर्माण तथा स्तुपा निर्माणमा सहयोग गर्दै आएको छ ।
महाबौद्ध ठिसोङ गुम्बा संरक्षण समितिकी अध्यक्ष कमला रम्तेलले गुम्बाको स्तरोन्नति, पार्क र विश्रामस्थल निर्माण तथा अन्य आवश्यक पूर्वाधार विकासका लागि तीन तहकै सरकारबाट विशेष पहल हुनुपर्ने बताइन्।
चण्डेश्वर महादेव धाम संरक्षण समितिका अध्यक्ष रञ्जिता गुरुङले पनि धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको त्यस डाँडाको व्यवस्थित विकास र प्रचारप्रसार गर्नसके जिल्लाकै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने धारणा राखिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण