पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
बुधबार, ३१ असार २०८३, १६ : १९
सारांश
- रौतहटको ईशनाथ नगरपालिका–४ ठुलो लचमरीस्थित माछा पोखरीमा हाम फालेका भारतीय युवक मृत फेला परेका छन्।
- मंगलबार राति करिब ९ः ३० बजे पोखरीमा हाम फाल्ने अन्दाजी ३० वर्षका युवक बुधबार बिहान मृत फेला परेका हुन्।
- मृतक भारतको बिहारस्थित पूर्वी चम्पारण (मोतिहारी) जिल्लाका २३ वर्षीय मोहम्मद वजिर रहेको प्रहरीले जनाएको छ।
रौतहट। रौतहटको ईशनाथ नगरपालिका–४ ठुलो लचमरीस्थित मठिया माध्यमिक विद्यालयको माछा पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार मंगलवार राति करिब ९ः ३० बजे अन्दाजी ३० वर्षका युवक उक्त पोखरीमा हाम फालेका थिए ।
उनी बुधबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरी चौकी मठिया र सशस्त्र प्रहरी औरैयाको संयुक्त टोली घटनास्थल पुगेर रातभर खोजतलास गरेको थियो।
प्रवक्ता गौतमका अनुसार मृतक भारतको बिहारस्थित पूर्वी चम्पारण (मोतिहारी) जिल्ला, ढाका ग्राम पञ्चायत–३० निवासी लाल मोहम्मदका २३ वर्षीय छोरा मोहम्मद वजिर रहेका छन्।
वजिरको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
-
गृह मन्त्रालयबाट म हटेपछि मिटरब्याज पीडितलाई न्याय दिने कामले निरन्तरता पाएन: श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण