एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
सारांश
- सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा(एमाले)का चार मन्त्री बर्खास्त भएपछि नयाँ समीकरणको पहल सुरु भएको छ ।
- नेकपाले मुख्यमन्त्री पद र बजेट पुनर्लेखनको सर्तमा नयाँ गठबन्धन बन्नसक्ने प्रतिक्रिया दिएको छ ।
- एमालेका चार मन्त्रीलाई पदमुक्त गरेपछि बजेट पारित गर्ने विषयमा सहमति जुट्न नसकेको बताइएको छ ।
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा(एमाले)का चार मन्त्री बर्खास्त भएसँगै नयाँ समीकरणको पहल सुरु भएको छ । यहीबिचमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले मुख्यमन्त्री पद र बजेट पुनर्लेखनको सर्तमा नयाँ गठबन्धन बन्नसक्ने प्रतिक्रिया दिएको दिएको छ। यद्यपि यसबारे विस्तृतमा दलहरुसँग छलफल हुनै बाँकी रहेको नेताहरुको भनाइ छ ।
नेकपा सुदूरपश्चिम प्रदेशका सासंद अक्कल रावलले नयाँ गठबन्धनमा जान सकिने बताए । आफूहरुको सर्त कांग्रेस र एमाले जसले मान्छ उहीसँग सहकार्य हुन सक्ने उनले संकेत गरे ।
तर कांग्रेस वा एमालेलाई कसैलाई पनि अहिलेकै अवस्थामा भने समर्थन गर्न नसकिने उनले स्पष्ट पारे । ‘बजेट पुनर्लेखन गर्ने र मुख्यमन्त्री पद नेकपालाई दिने विषयमा सहमति भए हामी सरकारमा जान तयार छौं, प्रदेश सभाको सबैभन्दा ठूलो दल भएकाले मुख्यमन्त्रीमा हाम्रो स्वाभाविक दाबी पनि हो,’ उनले भने।
उनले अहिले सरकारमा जानु सत्ता प्राप्तिको उद्देश्य नभएको स्पष्ट पार्दै प्रदेशको राजनीतिक स्थायित्व र जनमुखी बजेटका लागि आवश्यक परे सहकार्य गर्न तयार रहेको बताए।
‘हामीलाई सत्ताको लोभ छैन। तर प्रदेशको हितका लागि नयाँ ढंगले बजेट बनाउनुपर्ने अवस्था छ। जसले बजेट पुनर्लेखन र हाम्रो नेतृत्वमा सरकार गठनमा सहमति जनाउँछ, त्यही दलसँग सहकार्य गर्न सक्छौं,’ उनले भने।
रावलका अनुसार हालको अवस्थामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट समयमै पारित हुने सम्भावना कमजोर देखिएको छ।
यद्यपि नेकपाले अहिले नै कांग्रेस वा एमालेलाई समर्थन गर्ने निर्णय भने गर्न नसकिने उनको भनाइ छ ।
यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले बजेट पारित गर्ने विषयमा सहमति जुट्न नसकेपछि एमालेका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल तथा राज्यमन्त्री निर्मलादेवी साउँदलाई पदमुक्त गरेका थिए।
यससँगै गठबन्धन टु्टेको ठानिएपनि एमालेले सरकारलाई दिएको समर्थन भने औपचारिक रूपमा फिर्ता लिइसकेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण