बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कञ्चनपुरमा श्रीमान्‌काे  कुटपिटबाट श्रीमतीको मृत्यु

बिहीबार, ३२ असार २०८३, १० : ११
बिहीबार, ३२ असार २०८३

सारांश

  • कञ्चनपुरमा श्रीमान्‌काे कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।
  • दोधाराचाँदनी नगरपालिका–१० मा ४५ वर्षीय रनबहादुर सुनारले आफ्नी ४२ वर्षीया श्रीमती पारु सुनारलाई कुटपिट गरेका थिए ।
  • घटनापछि श्रीमान्‌ रनबहादुरलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

कञ्चनपुर । कञ्चनपुरमा श्रीमान्‌काे  कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । घटनापछि श्रीमान्‌लाई प्रहरीले पक्राउ गरेको छ ।

दोधाराचाँदनी नगरपालिका–१० फगिरे चौराहामा ४५ वर्षीय रनबहादुर सुनारले आफ्नी ४२ वर्षीया श्रीमती पारु सुनारलाई कुटपिट गरेका थिए ।

कुटपिटमा घाइते भएकी उनको दोधाराचाँदनी अस्पतालमा उपचार गरिएको थियो । बुधबार मात्र अस्पतालबाट डिस्चार्ज भएकी पारुको बिहीबार बिहान  मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको मृत्युपछि श्रीमान् रनबहादुरलाई इलाका प्रहरी कार्यालय दोधाराले पक्राउ गरेको छ । उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप