कर्णालीमा प्रतिपक्षी नेकपाले भन्यो- कांग्रेसले चाहे सत्ता सहकार्यको ढोका खुला छ
सारांश
- कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेकपाले सत्ता सहकार्यका लागि ढोका खुला गरेको छ ।
- कांग्रेसले सरकार छाडेपछि नेकपा संसदीय दलको बैठकले कांग्रेस सहकार्य गर्न तयार रहे आफूले पनि ढोका खुला गर्ने मनसाय बनाएको हो ।
- दल नेता शाहीले सत्ता सहकार्यको ढोका खुला गरिएको बताए, यद्यपि त्यो एमाले वा कांग्रेस जो सँग पनि हुनसक्ने बताए ।
सुर्खेत । कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सत्ता सहकार्यका लागि ढोका खुलाएको छ । कांग्रेसले सरकार छाडेपछि बुधबार अपराह्न बसेको नेकपा संसदीय दलको बैठकले यदि कांग्रेस सहकार्य गर्न तयार रहे आफूले पनि ढोका खुला गर्ने मनसाय बनाएको हो ।
बुधबार बिहान कांग्रेसबाट सरकारमा सहभागी ४ मन्त्रीले राजीनामा दिएका थिए । यद्यपि, समर्थन भने कांग्रेसले फिर्ता लिइसकेको अवस्था छैन । नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले सत्ता सहकार्यको बाँकी छलफल गर्ने, समन्वयन गर्ने लगायत सबै कुराको जिम्मेवारी दल नेता मङ्गलबहादुर शाहीलाई दिइएको बताए ।
दल नेता शाहीले पनि सत्ता सहकार्यको ढोला खुला गरिएको बताए । यद्यपि, त्यो एमाले वा कांग्रेस जो सँग पनि हुनसक्ने बताए। ‘उहाँहरु अहिले सत्ता साझेदार दल हो, कांग्रेसले सरकार छाडे पनि समर्थन फिर्ता लिएको छैन,’ शाहीले रातोपाटीसँग भने ।
तथापि, एमाले संसदीय दलका नेता यामलाल कँडेल नेतृत्वको सरकार ‘फेलियर’ भइसकेकाले सत्ता सहकार्य कांग्रेससँग हुनुपर्ने नेकपाको बटम लाइन रहेको एक सांसदले बताए ।
‘नेकपाले यसअघि नै कांग्रेसलाई तपाईंहरु सहकार्यका लागि तयार हो भने आँट गर्नुस् भनेको हो,’ ती सांसद भन्छन्- ‘कांग्रेसले अहिले आँट त गर्यो । तर समर्थन कायमै छ । भोलिसम्म केही आउला नि !’
यसअघि कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले पनि सत्ता गठबन्धन बदलिन सक्ने बताएका थिए यस्तै, कांग्रेस पार्टी केन्द्रले पनि एमालेसँगको सहकार्य तोड्ने निर्णय गरेसँगै प्रदेशमा नेकपा—कांग्रेसबिच सत्ता समीकरण बन्ने सम्भावना बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा किशोरका लागि मध्यरातपछि सामाजिक सञ्जालमा कर्फ्यू प्रस्ताव
-
हामी अत्यन्त भोकाएका छौंः थोमस टुचेल
-
लुम्बिनी प्रादेशिक अस्पताल सुधारका लागि माओवादीको २४ बुँदे मागपत्र
-
कांग्रेस–एमालेको पूर्वसहमति भत्कियो, प्रदेश सरकार गठनमा नेकपा निर्णायक
-
२०१० को स्पेन र २०२६ को स्पेनमा के फरक छ ?
-
सुरक्षा परिषद् सुधारका लागि तत्काल कदम चाल्न भारतकाे आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण