नेताहरू कृषि कर्ममा लागेपछि बाँझो जमिन हराभरा
पाल्पा । अरुलाई सिकाउँदै हिँड्ने नेता आफैँ कृषि कर्ममा लाग्न थालेपछि यहाँका बाँझा जमिन हराभरा हुन थालेका छन्।
पाल्पाका नेताहरू बाँझो जग्गालाई भाडामा लिएर कृषि कर्ममा जुटेका हुन् । मुलुकको आर्थिक रुपान्तरण युद्धबाट होइन, कृषि क्रान्तिबाट मात्र सम्भव रहेको ठहर गर्दै उत्पादनमा लागेका हुन् ।
यहाँका मिन सी, सुकुमार सीलगायत नेता राजनीतिक गतिविधिसँगै व्यावसायिक कृषि उत्पादनमा सक्रिय छन् । उनीहरू विगत तीन वर्षदेखि धान, गहुँ, आलुखेतीमा लागेका हुन् ।
किसानलाई उत्पादनमा प्रेरित गर्ने र कृषि आयातलाई न्यूनीकरण गर्ने उद्देश्यसहित पाल्पामा ८० रोपनी जग्गा भाडामा लिएका छन्। त्यही जग्गामा उनीहरुले धान, गहुँ र आलु लगाउने गरेका हुन् ।
प्रायः औपचारिक कार्यक्रमका भाषण र आन्दोलनका अग्रमोर्चामा देखिने सीहरु अहिले हातमा कोदाली लिएर खेतमा हिलोसँगै रमाएको देख्न सकिन्छ।
सुकुमार सीले उत्पादनविना राजनीति गर्नु भनेको भ्रष्टाचार गर्नुसरह भएको भन्दै उत्पादनतर्फ लागेको बताए।
सीले भने, “नेता आत्मनिर्भर भए कसैसँग चन्दा उठाउन नपर्ने बताउनुभयो । मुलुक कृषि प्रधान देश भए पनि कृषिमा आत्मनिर्भर हुन नसकेको उहाँको भनाइ छ । “चन्दा उठाएर होइन, काम गरेर खानुपर्छ”, सीले भने।
गत वर्ष १५० मुरी धान, ६० मुरी गहुँ र २० क्विन्टल आलु, उत्पादन भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी, ठेकेदारले थप आर्थिक दाबी गर्न नपाउने
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण