राजीनामा
कांग्रेसका ४ मन्त्रीले राजीनामा दिएसँगै कर्णालीका मुख्यमन्त्रीले आफैँसँग राखे मन्त्रालय
बुधबार, ३१ असार २०८३, १५ : ५२
सारांश
- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसका ४ मन्त्रीले राजीनामा दिएसँगै उनीहरुले सम्हाल्दै आएको मन्त्रालय आफैँसँग राखेका छन् ।
- मुख्यमन्त्री कँडेलले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम सामाजिक विकास, आर्थिक मामिला तथा योजना, जलस्रोत तथा ऊर्जा विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय आफैँसँग राखेका हुन् ।
- कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएसँगै कर्णालीमा नयाँ समीकरणको चर्चा सुरु भएको छ ।
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसका ४ मन्त्रीले राजीनामा दिएसँगै उनीहरुले सम्हाल्दै आएको मन्त्रालय आफैँसँग राखेका छन् ।
उनले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम नियुक्ति, हेरफेर र कार्यविभाजनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका हुन् ।
जसअनुसार कँडेलले सामाजिक विकास, आर्थिक मामिला तथा योजना, जलस्रोत तथा ऊर्जा विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय आफैँसँग राखेका हुन् ।
आजै आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले राजीनामा दिएका थिए। उनीहरू ०८१ साउनमा मन्त्री बनेका थिए।
कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएसँगै नयाँ समीकरणको चर्चा सुरु भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम संस्कृति पार्टीले भन्यो– पहिचान र विकासका लागि सङ्घीयता अपरिहार्य
-
सरकारको १०० दिन उपलब्धिविहीन, जनताको धैर्यको बाँध टुट्न सक्छ: राई
-
थुनामा रहेका टोपबहादुरसहितका प्रतिवादीले बाहिर बसेर मुद्दा लड्ने सुविधा पाउँछन् ?
-
मिटरब्याज पीडितको आँसु पुछ्न सरकारसँग सांसद अधिकारीको माग
-
तीन आयोगका प्रतिवेदन प्रतिनिधि सभामा पेस
-
श्रेणीविहीन कर्मचारी हटाउने सरकारको निर्णयप्रति आजपाको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण