साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
काठमाडौँ । अमेरिकाले साउदी अरेबियाको हवाई सुरक्षा क्षमता सुदृढ बनाउने उद्देश्यले करिब एक अर्ब ९६ करोड अमेरिकी डलर बराबरको हतियार बिक्री गर्न स्वीकृति दिएको छ । अमेरिकी विदेश मन्त्रालयले उक्त बिक्रीले खाडी क्षेत्रमा प्रमुख गैर–नाटो साझेदार साउदी अरेबियाको सुरक्षा सुदृढ बनाउँदै अमेरिकी विदेश नीति तथा राष्ट्रिय सुरक्षा उद्देश्यलाई समेत सहयोग पुग्ने जनाएको छ ।
स्वीकृत प्याकेजअन्तर्गत साउदी अरेबियाले २० हजारसम्म उन्नत ‘एडभान्स्ड प्रिसिजन किल वेपन सिस्टम’ (एपीकेडब्लुएस) र त्यससँग सम्बन्धित हतियार प्राप्त गर्नेछ । अमेरिकी नौसेनाका अनुसार यो प्रणालीले नजिकको युद्धमा अतिरिक्त क्षति कम गर्दै लक्ष्यमाथि प्रभावकारी आक्रमण गर्न सहयोग पुर्याउँछ । यस सम्झौताको प्रमुख ठेकेदार न्युजर्सीस्थित बीएई सिस्टम्स रहने विदेश मन्त्रालयले जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार प्रस्तावित बिक्रीले साउदी अरेबियाको वर्तमान तथा भविष्यका सुरक्षा चुनौती सामना गर्ने क्षमता बढाउनुका साथै अमेरिकी सेना तथा अन्य क्षेत्रीय र नाटो साझेदार सेनासँगको अन्तरक्रियात्मक क्षमता पनि सुदृढ बनाउनेछ । मन्त्रालयले यस सम्झौताले अमेरिकी रक्षा तयारीमा कुनै नकारात्मक असर नपर्ने स्पष्ट पारेको छ ।
यो निर्णय साउदी अरेबिया र यमनका इरान समर्थित हुथी विद्रोहीबीच तनाव पुनः चुलिएका बेला सार्वजनिक भएको हो । सोमबार हुथीहरूले दक्षिणी साउदी सहर आभाको विमानस्थलमा क्षेप्यास्त्र प्रहार गरेका थिए । यमन सरकारले इरानी सर्वोच्च नेताको अन्त्येष्टिबाट हुथी प्रतिनिधिमण्डल बोकेर फर्किरहेको विमानलाई मोड्न सानो विमानस्थलमा आक्रमण गरेपछि उक्त क्षेप्यास्त्र प्रहार भएको बताइएको छ । हुथीहरूले भने त्यस आक्रमणको जिम्मेवारी रियादमाथि लगाएका छन् ।
यसैबीच, युद्धविराम भङ्ग भई नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि अमेरिकाले इरानमाथिको सैन्य दबाबसमेत थप तीव्र बनाइरहेको सन्दर्भमा साउदीलाई गरिएको यो हतियार बिक्रीलाई क्षेत्रीय सुरक्षा रणनीतिको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
-
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?
-
५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण