बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा

बुधबार, ३१ असार २०८३, १५ : ३५
बुधबार, ३१ असार २०८३

सारांश

  • इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्ली राज खड्का ६ लाख घुससहित अख्तियारको फन्दामा परेका छन् ।
  • पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रिया सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचना र उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो ।
  • अख्तियारको टोलीले दमकबाट सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा खड्कालाई नियन्त्रणमा लिएको हो ।

काठमाडौँ। इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौँ) डिल्ली राज खड्कालाई सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । 

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रिया सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना र उजुरीका आधारमा आयोगको टंगालस्थित केन्द्रीय कार्यालय र इटहरी कार्यालयको संयुक्त टोलीले बुधबार उनलाई नियन्त्रणमा लिएको हो । 

खड्कालाई दमक नगरपालिका–१ स्थित  खाजा घरबाट सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । अख्तियारले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप