बेलायतमा ‘मुन्नी बदनाम हुई’ पढाइने
आइतबार, १५ चैत २०७७, २२ : ०४
इङ्ल्याण्डको डिपार्टमेन्ट अफ एजुकेशनले शुक्रबार एउटा नयाँ संगीत पाठ्यक्रम सार्वजनिक गरेको छ । जसमा भारतीय संगीत जगतका केही विशेष गीतहरुलाई सन्दर्भ सामग्रीका रुपमा लिइएको छ । यसमा मलाइका अरोडा अभिनित चर्चित गीत ‘मुन्नी बदनाम हुई’ लाई पनि समावेश गरिएको छ ।
उक्त पाठ्यक्रमलाई बेलायतका १५ संगीत शिक्षा विज्ञ, शिक्षक र संगीतकारले तयार गरेका हुन् । यसलाई विद्यालयमा उच्चस्तरीय संगीत शिक्षा दिनका लागि डिजाइन गरिएको हो ।
सलमान खानको चलचित्र ‘दबङ’को ‘मुन्नी बदनाम हुई’ का साथै एआर रहमानले कम्पोज गरेको ‘जय हो’, अनुष्का शंकरको ‘इन्डियन समर’ र किशोरी अमोनकरको ‘सहेली रे’ पनि पाठ्यक्रममा सामेल गरिएको छ ।
स्रोतः दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा जडीबुटीखेतीको लहर: अन्नबाली छाडेर चिराइतो र सतुवातर्फ आकर्षित हुँदै किसान
-
पूर्व–पश्चिम राजमार्गमा ‘हिट एन्ड रन’ : युवकको मृत्यु
-
बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र, तस्बिरहरू
-
सुदूरपश्चिमभर अविरल वर्षा, बाढी–पहिरोको जोखिम बढ्दै
-
पत्रकार खेम भण्डारी पक्राउ
-
निजामती विधेयकबारे कानुन मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयबिच टसल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण