बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल पक्का

बिहीबार, १९ चैत २०७७, १५ : ०३
बिहीबार, १९ चैत २०७७

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले संगठनको भावी नेतृत्वका लागि सर्वसम्मत चयनको कसरत गरिरहेको छ । आगामी चैत २८ गते हुने भनिएको नेतृत्व चयनको निर्वाचनका लागि चेम्बरले निर्विरोधको बाटो खोजेको हो ।  कुल ५५ पदका लागि हुने निर्वाचनमा करिब सबैजसो पदमा सहमति जुटिसकेको र अब एक दुई पदमा कुरा मिल्न बाँकी रहेको र त्यो पनि सहमतिको नजिक रहेको चेम्बरका वर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले रातोपाटीसँग बताए । 

‘हामी सहमतिको करिब नजिक नजिक पुगिसकेका छौं । अब अध्यक्ष बाहेक एक दुई पदमा मात्र कुरा मिल्न बाँकी छ । त्यो पनि आज बेलुकासम्म मिल्नेमा हामी विश्वस्त छौं । अहिले हामी यसैको गृहकार्यमा लागिरहेका छौं’ अध्यक्ष श्रेष्ठले भने, ‘हामी आपसी समझदारीमै सर्वसम्मत पदाधिकारी चयन गरेर एकताको सन्देश दिन चाहन्छौं ।’ 

श्रेष्ठले थपे ‘म मेरो कार्यकालमा यस्तै होस् भन्ने पनि चाहन्छु ।’  त्यसो त चेम्बरको आगामी चैत २८ गते हुने भनिएको निर्वाचनका लागि कुल ५५ पदमा ६१ जनाको उम्मेदवारी परेको छ । यद्यपी उम्मेदवारी फिर्ताको समयावधी आज बेलुका ४ बजेसम्मलाई तोकिएको छ । 

चेम्बरको प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी फिर्ता गर्न चाहने उम्मेदवारहरूले बिहिबार विहान ११ देखि बेलुका ४ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् । त्यसपछि बेलुकाको ६ बजे भने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ । ‘बहु उम्मेदवारीको विवाद अब एक दुई पदमा मात्र छ । त्यो पनि सहमतिको नजिक छ । सम्भवत भरे ४ बजेसम्ममा सहमति जुटिसक्दछ’ अध्यक्ष श्रेष्ठले भने । 

अध्यक्षमा मल्लको पक्कापक्की

अध्यक्ष श्रेष्ठकाअनुसार हालका चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल नै भावी चेम्बरको अध्यक्ष पक्कापक्की जस्तै भएका छन् । हालसम्म उनको विरुद्ध कसैको पनि अध्यक्षमा उम्मेदवारी परेको छैन ।  यता, उद्योग र वाणिज्यतर्फ भने, क्रमशः ९ र १५ पदका लागि ११ र १८ जनाको उम्मेदवारी परेको छ । 


त्यस्तै, जिल्लातर्फ १५ पदका लागि १५ जना नै, नगरतर्फ एक पदका एक जना नै, वस्तुगत संघतर्फ ९ पदका लागि ९ जनाकै उम्मेदवारी परेको चेम्बरले जनाएको छ । यता, द्विराष्ट्रिय संस्थागततर्फ पनि ३ पदका लागि पनि ३ जनाको उम्मेदवारी परेको चेम्बरले जनाएको छ । यस्तै आबद्धतर्फ ४ जनाको नाम दर्ता भएको चेम्बरले जनाएको छ । 

चेम्बरको वाणिज्य, उद्योग, जिल्ला, नगर, वस्तुगत संघ, द्विराष्ट्रिय, आबद्धसहितबाट कुल ५५ जना निर्वाचित हुन्छन् । निर्वाचित कार्यसमितिको पहिलो बैठकले ७ जना प्रदेश सभापति चयन गर्नेछ भने उक्त समितिले तीन जना आमन्त्रित सदस्य मनोनित गर्नेछ । तर मनोनित मध्ये एकजना अनिवार्य महिला सदस्य हुनुपर्ने चेम्बरको विधानमा व्यवस्था गरिएको छ ।  चेम्बरको वरिष्ठ उपाध्यक्ष समेत सोही बन्द सत्रपछिको पहिलो कार्यसमितिको बैठकले छनोट गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप