माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित
आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारी स्वरुप पार्टीले आज बैठक बोलाएको थियो । तर, अधिकांश स्थायी समिति सदस्यहरु राजधानी बाहिर रहेकाले आजको बैठक स्थगित गरिएको केन्द्रीय कार्यालका सचिव श्रीराम ढकालले जानकारी दिए ।
काँग्रेसले ओली सरकारको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेपछि उत्साहित बनेको माओवादीले समर्थन फिर्ता लिने तयारी गरेको छ । माओवादीले काँग्रेससहित जसपासँग सत्ता सहकार्य गर्न चाहेको छ ।
शनिबार मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनबारे घनिभूत छलफल थालिने उद्घोष गरेका थिए । शनिबार कपिलवस्तुमा आयोजित पार्टीको जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले घनिभूतरुपमा छलफल अगाडि बढाउने बताएका हुन् । सम्भवत छिट्टै नयाँ सरकार बन्ने प्रचण्डको दाबी छ । उनको भनाइ छ, ‘नयाँ परिस्थिति बन्ने छ । सम्भवत छिट्टै नयाँ सरकार बन्नेछ ।’ यस्तै प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको निर्णयबाट देशको राजनीतिले कोल्टे फेरेको पनि दाबी गरेका छन् ।
उनको भनाइ छ, ‘नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा माग्ने र अर्को सरकार गठनका निम्ति पहल लिने भनेर निर्णय गरेपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको छ ।’ नयाँ सरकार गठनका लागि तुरुन्तै पहल लिनुपर्ने सुझाव आएको पनि उनले खुलासा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
उत्तरी ग्रिसमा डढेलोले परेर २ जनाको मृत्यु
-
लुम्बिनी प्रदेशसभाको बैठक स्थगित
-
त्रिशूलीमा हाम फाल्न खोजेका युवकको उद्धार
-
बारम्बार किन बिरामी परिरहन्छन् बालबालिका ?
-
प्रेस स्वतन्त्रतामाथि न्यायिक ‘तरबार’ : क्षेत्राधिकार मिचेर किन हुँदैछन् समाचार हटाउने आदेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

