कर्णालीमा एमाले संसदीय दलको बैठकमा खनाल–नेपाल समूह पनि सहभागी
नेकपा एमालेले आज बोलाएको संसदीय दलको बैठकमा एमालेको झलनाथ खनाल–माधव नेपाल समुह पनि सहभागि बनेको छ । केही बेर अघिदेखि शुरु भएको बैठकमा सरकारमा रहेका मन्त्रीसहित खनाल–नेपाल समुहका सबै सांसदहरु सहभागी बनेको सांसद सुशील थापाले जानकारी दिए । बैठकमा सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र अर्थ मन्त्री प्रकाश ज्वाला पनि सहभागी छन् । बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।
यसअघि चैत ४ गते बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिइएको समर्थन फिर्ता लिएको घोषणा गरेको थियो । उक्त बैठकले गरेको निर्णयमा खनाल–नेपाल पक्षका सांसदहरूले भने सहमति जनाएका थिएनन् । उनीहरू बैठकमा सहभागीसमेत भएका थिएनन् ।
सांसद यामलाल कँडेलको निकै प्रयास पछि खनाल–नेपाल समुह पनि आजको बैठकमा सहभागि बनेको हो । बैठकमा संसद् आह्वान, सरकारलाई दिइएको समर्थन फिर्तालगायत विषयमा छलफल भइरहेको बताइएको छ । आजको बैठकमा सरकारमा रहेका मन्त्रीले राजीनामा दिने विषयमा पनि छलफल हुने स्रोतले जानकारी दिएको छ ।
कर्णाली प्रदेश सभामा नेकपा एमालेमा १९ जना सांसद (सभामुखबाहेक) ले नै मुख्यमन्त्रीलाई दिइएको समर्थन फिर्ता लिएको खण्डमा प्रदेश सरकार संकटमा पर्नेछ । त्यसपछि नयाँ सरकार निर्माणको विकल्प खोज्नु पर्नेछ ।
कर्णालीमा नेकपा एमालेको मात्र सरकार बनाउन भने सम्भव छैन । कर्णाली प्रदेशको माओवादी केन्द्र संसदीय दलले एमालेमा प्रवेश गरेका सांसद् धर्मराज रेग्मीलाई हटाइदिएपछि प्रदेश सभामा सांसदको संख्या ३९ भएको छ ।
३९ जना सांसदमध्ये पनि सरकार गठनका लागि २० जनाको बहुमत आवश्यक पर्छ । एमालेका एक जना सांसद सभामुख भएकाले एमालेका १९ जनामात्र सांसद हुनेछन् । प्रदेश सभामा नेपाली काँग्रेसका ६, राप्रपाका एक, माओवादी केन्द्रका १२ जना सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
-
अमेरिकाले इरानमाथि हवाई आक्रमण तीव्र पार्यो, इरानको जवाफी प्रहार कुवेत र जोर्डनसम्म
-
इंग्ल्यान्ड विरुद्ध अर्जेन्टिना : कुन कुन खेलाडी चम्किए ?
-
सेबोनको महत्त्वाकाङ्क्षी १० वर्षे मार्गचित्र, कति सम्भव छ कार्यान्वयन ?
-
अब बैंकले तपाईँसँग माग्नेछ राष्ट्रिय परिचयपत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण