मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन उद्घाटन
मकवानपुर । बागमती प्रदेशको स्वास्थ्य शिक्षालाई संस्थागत र व्यवस्थित बनाउने उद्देश्यसहित निर्माण गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन बुधबार उद्घाटन गरिएको छ ।
करिब ८ करोड ६१ लाख रुपैयाँ लागतमा निर्माण भएको भवन सञ्चालनमा आएसँगै प्रतिष्ठानका विभिन्न स्थानमा छरिएर सञ्चालन हुँदै आएका शैक्षिक तथा प्रशासनिक गतिविधिलाई क्रमशः एउटै परिसरमा केन्द्रित गर्ने तयारी गरिएको छ।
हेटौँडा उपमहानगरपालिका–१० टीसीएन क्षेत्रमा निर्माण गरिएको भवनको उद्घाटन बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले संयुक्त रूपमा गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै पूर्व मुख्यमन्त्री पौडेलले २०७६ सालमा सङ्घीय सरकारको अनुदानबाट सुरु गरिएको स्थायी भवन निर्माण अझै सम्पन्न हुन नसक्नु दुःखद भएको बताए ।
उनले भवन निर्माणमा भएको ढिलाइले प्रतिष्ठानको संस्थागत विकाससँगै विद्यार्थीको भविष्यसमेत प्रभावित भएको उल्लेख गर्दै यसको जिम्मेवारीबारे गम्भीर समीक्षा आवश्यक रहेको धारणा व्यक्त गरे । ‘स्थायी भवन समयमै सम्पन्न भएको भए अहिले यस्तो अस्थायी समाधान खोज्नुपर्ने अवस्था आउने थिएन,’ उनले भने ।प्रतिष्ठानको आफ्नै भवन समयमै निर्माण सम्पन्न नहुँदा प्रत्येक वर्ष करोडौं रुपैयाँ भवन भाडामा खर्च हुँदै आएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
हाल प्रतिष्ठानका शैक्षिक कार्यक्रम गौरिटार, नलेज भिलेज, हुप्रचौर र कमानेस्थित भाडाका भवनबाट सञ्चालन भइरहेका छन् । नयाँ भवन सञ्चालनमा आएपछि ती कार्यक्रम क्रमशः आफ्नै परिसरमा स्थानान्तरण गरिनेछ ।
स्नातक तहका कक्षा आफ्नै भवनबाट
कार्यक्रममा स्वास्थ्य मन्त्री किरण थापा मगरले नवनिर्मित भवनबाट स्नातक तहका शैक्षिक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । उनले आगामी आर्थिक वर्षमा थप तीन वटा प्रिफ्याब भवन निर्माण गर्न सकिए प्रतिष्ठानका सम्पूर्ण शैक्षिक कार्यक्रम आफ्नै परिसरबाट सञ्चालन गर्न सकिने विश्वास व्यक्त गरे ।
मन्त्री थापाले हेटौँडा अस्पतालले दैनिक १५ सयदेखि १६ सय बिरामीलाई ओपिडी सेवा प्रदान गरिरहेको र त्यसबाट बागमतीसँगै मधेश प्रदेशका नागरिकसमेत लाभान्वित भइरहेको बताए ।
उनका अनुसार निकट भविष्यमा हेटौँडा अस्पतालमा बर्न उपचार तथा मुटुरोग सम्बन्धी विशेषज्ञ सेवा सुरु गरिने तयारी छ। साथै मानव अङ्ग प्रत्यारोपण केन्द्रसँगको सहकार्यमा हेटौँडा अस्पताल र भक्तपुर अस्पतालमा क्याथल्याब सेवा विस्तार गर्ने योजना पनि अघि बढाइएको उनले जानकारी दिए।
प्रतिष्ठानका उपकुलपति प्रा.डा. प्रदीप ज्ञवालीले प्रतिष्ठानलाई भविष्यमा विश्वविद्यालयका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। प्रदेश सरकारको लगानी मात्र पर्याप्त नहुने भएकाले थप स्रोत व्यवस्थापनका लागि विश्वविद्यालयको स्वरूप आवश्यक रहेको उनको भनाइ थियो।
प्रतिष्ठान विश्वविद्यालयमा रूपान्तरण भए प्रदेश राजधानी हेटौँडालाई ‘मेडिकल सिटी’ का रूपमा विकास गर्न महत्त्वपूर्ण आधार तयार हुने उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतः जलेका २० हजार मिसिलमध्ये १८ हजार 'पुनर्जीवित'
-
के अर्जेन्टिनाले काला वर्णका खेलाडीहरूलाई स्थान दिँदैन ?
-
कांग्रेस–एमाले गठबन्धन भत्किए गण्डकीमा नेकपा हुन सक्छ निर्णायक
-
ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन
-
मधेस प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित
-
सिद्धिडाँडामा प्रचारप्रसार र पूर्वाधार आवश्यकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण