बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इङ्ग्ल्यान्डले भगवानको हात देखिसकेको छ, अब भगवानको देब्रे खुट्टा पनि देख्नेछः इब्राहिमोभिच

बुधबार, ३१ असार २०८३, २१ : ३२
बुधबार, ३१ असार २०८३

एजेन्सी । विश्व फुटबलका चर्चित पूर्वस्ट्राइकर ज्लाटन इब्राहिमोभिचले अर्जेन्टिना र इङ्ग्ल्यान्डबिचको विश्वकप सेमिफाइनलअघि दिएको टिप्पणीले फुटबल जगतमा चर्चा बटुलेको छ । 

फक्स स्पोर्टससँगको कुराकानीमा इब्राहिमोभिचले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीप्रति संकेत गर्दै भने, ‘इङ्ग्ल्यान्डले भगवानको हात (ह्याण्ड अफ गड) त पहिले नै देखिसकेको छ । अब उनीहरूले भगवानको देब्रे खुट्टा पनि देख्नेछन् ।’ 

उनको यो भनाइ सन् १९८६ को विश्वकप क्वार्टरफाइनलमा अर्जेन्टिनाका महान् खेलाडी डिएगो म्याराडोनाले इङ्ग्ल्यान्डविरुद्ध गरेको विवादास्पद ‘ह्यान्ड अफ गड’ गोलतर्फ संकेत हो ।

इब्राहिमोभिचले यसपटक भने मेस्सीले आफ्नो जादुमयी देब्रे खुट्टाबाट इङ्ग्ल्यान्डलाई स्तब्ध पार्ने विश्वास व्यक्त गरेका हुन् । 

३९ वर्षीय मेस्सीको नेतृत्वमा अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप फाइनल पुग्ने लक्ष्यसहित इङ्ग्ल्यान्डविरुद्ध मैदान उत्रिने तयारीमा छ । ज्लाटन को यो टिप्पणीले सेमिफाइनलको रोमाञ्चलाई अझ बढाएको छ ।

स्वीडेनका ज्लाटनले सन् २०२३ मा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप