पत्रकार महासंघ सुर्खेतको अध्यक्षमा बसेल निर्विरोध
सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको अध्यक्षमा ललित बसेल निर्विरोध निर्वाचित भएका छन् । तीन संगठनको सहमतिमा नयाँ नेतृत्वका लागि अध्यक्षमा बसेल निर्विरोध निर्वाचित भएका हुन् ।
बसेल विगत लामो समयदेखि गोरखापत्र दैनिकमा आवद्ध छन् । यस्तै महिला उपाध्यक्षमा सविता जिसी, सचिवमा ललित बुढा, सह–सचिव खुलामा ईश्वर अधिकारी, सह–सचिव समावेशीमा टेकेन्द्र विश्वकर्मा र कोषाध्यक्षमा ललित गाहा पनि निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै दलित सदस्यमा लालसिंह मिजार, महिला सदस्यमा करिश्मा चौधरी र जनजाति सदस्यमा कल्पना ढेंगामगर पनि निर्विरोध निर्वाचित भएका छन् ।
उपाध्यक्ष खुलामा दुई र ८ सदस्यीय खुलातर्फ १० जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा सुदीप पुरी र खगेन्द्र अधिकारीको उम्मेदवारी परेको छ । खुलातर्फ आठ सदस्य पदका लागि १० जनाको उम्मेदवारी परेको छ ।
खुलातर्फ हस्तराज रेग्मी, पुनम विसी, सुशील खड्का, चिन्तामणि कँडेल, टेकराज केशी, पूणर्बहादुर खड्का, विनोद लम्साल, युवराज पंगाली, विवस सेजुवाल र यज्ञ खत्रीको उम्मेदवारी परेका छ ।
नेपाल प्रेस युनियन, नेपाल प्रेस चौतारी र प्रेस संगठनले यही चैत्र २५ गते हुन लागेको निर्वाचनमा सहमतिमा जाने निर्णय गरेका थिए ।
अध्यक्षसहित युनियनले अध्यक्षसहित खुला उपाध्यक्ष, खुला सदस्य दुई तथा मधेसी र दलित सदस्य एक–एक पद लिने सहमति भएको थियो ।
यस्तै, प्रेस चौतारीले सचिव, सह–सचिव, खुला सदस्य दुई, जनजाति, महिला र अन्य सदस्य एक–एक तथा प्रेस संगठन नेपालले महिला उपाध्यक्ष, कोषाध्यक्ष, सह–सचिव समावेशी र खुला सदस्य दुई पद लिने सहमति भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
-
अमेरिकाले इरानमाथि हवाई आक्रमण तीव्र पार्यो, इरानको जवाफी प्रहार कुवेत र जोर्डनसम्म
-
इंग्ल्यान्ड विरुद्ध अर्जेन्टिना : कुन कुन खेलाडी चम्किए ?
-
सेबोनको महत्त्वाकाङ्क्षी १० वर्षे मार्गचित्र, कति सम्भव छ कार्यान्वयन ?
-
अब बैंकले तपाईँसँग माग्नेछ राष्ट्रिय परिचयपत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण