जसले जोगाए मधेसमा बाबुरामको इज्जत
हामीले २ नम्बर प्रदेश सिध्याइदियौं ।
ध्रुवीकरणको नाममा नयाँशक्तिबाटै बाहिरिनेले त्यसो भनिरहे ।
भन्नेले त्यसो भने पनि हामी छौं है भनेर नयाँशक्ति पार्टीसम्बद्ध नेता तथा कार्यकर्ता लागिपरे । ‘मनपरी बोल्नेलाई हामीले प्रमाणित गरिदियौं,’ नयाँशक्ति पार्टी सप्तरी इन्चार्ज राजेश विद्रोहीले सुनाए, ‘भन्नेले त्यसो भने पनि मतपरिणामले गलत साबित गरिदियो । स्थानीय तह निर्वाचनमा दुई नम्बर प्रदेशमा नयाँशक्तिले एक
प्रमुखसहित २२ पदमा विजयी भयो । त्यसमध्ये ११ सिट सप्तरीको पोल्टामा पर्यो ।’
यो कसरी सम्भव भयो ?
इन्चार्ज विद्रोहीको तर्क छ, ‘मुख्यतः मिहिनेत नै हो । दोस्रो उम्मेदवारको व्यक्तित्व । दुवैले काम गर्यो ।’
व्यक्तित्व भन्नाले ?
‘उम्मेदवारको त हुनैपर्यो,’ उनले खुसी व्यक्त गरे, ‘पार्टी संयोजक डा. बावुराम भट्टराईको व्यक्तित्व प्लस प्वाइन्ट भयो ।’
‘जनशक्ति अभावमा पनि हामी निर्वाचन प्रचार प्रसारमा खटेकाखट्यै थियौं,’ उनले सम्झे, ‘उनीहरूले भत्काउँदै गए । तर, हिम्मत हारेनौं । ममा आत्मविश्वास थियो ।
म कहिल्यै निराश भइनँ । सप्तरीबाट राम्रै परिणाम निकाल्छु भन्ने मलाई लागेको थियो ।’
आधार ?
उनले दाबी गरे, ‘नयाँशक्तिले मतदातालाई विश्वास दिन सक्नु पहिलो आधार थियो । उम्मेदवारको लोभलाग्दो व्यक्तित्वलाई पनि क्यास गर्न सक्यौं ।’
सप्तरीमा नौ नगरपालिका र नौ गाउँपालिका छन् । नौमध्ये छिन्नमस्ता गाउँपालिका प्रमुखमा नयाँशक्तिका उम्मेदवारले बाजी मारे । नयाँशक्तिले चार नगरपालिका जित्ने प्रचारबाजी गरेको थियो । तर, त्यो कूटनीतिक प्रचारबाजी थियो । उनले रहस्य खोले, ‘चार नगरपालिका जित्ने प्रचारबाजी गरेपछि प्रतिस्पर्धी दल चार ठाउँमै केन्द्रित भए । तर, हामी छिन्नमस्तालाई प्राथमिकता दियौं । नभन्दै जित्यौं पनि ।’
नयाँ शक्तिले सप्तरीमा घैरदैलो कार्यक्रमलाई प्राथमिकता दियो । जिल्ला इन्चार्जसहित उसका कार्यकर्ता चारपाङ्ग्रे नभएर साइकलमै घरदैलो गरे । नयाँशक्तिले मतदातालाई गुलियो आश्वासन कहिल्यै दिएन । उसले निर्वाचनताका स्थानीय सुशासनलाई पहिलो मुद्दा बनाएको थियो । त्यसपछि विकास निर्माणलाई । उनले गौरव गरे, ‘मतदाता सुसूचित भइसकेका छन् । गुलियो, वास्तविक र व्यावहारिक आश्वासन के हो भन्नेबारे उनीहरू जानकार भइसकेका छन् ।’
स्थानीय तह निर्वाचन प्रचार प्रसार सक्नेले भड्किलो बनाए पनि नयाँशक्तिले मोटरसाइकल र साइकलममै भ्याइदिए । प्रचार प्रसारका लागि जुन गाउँमा पुग्यो, त्यहींकाले खाना खुवाए । त्यहीं सुत्नसमेत पाए । काठमाडौंको नयाँबानेश्वरमा भेटिएका नयाँशक्ति पार्टी इन्चार्ज राजेश विद्रोहीका अनुसार, उनले दुई महिना छिन्नमस्ता नगरपालिकामै समय दिए । विद्रोही दुई महिना त्यहाँ खटिएको धेरैले भेउ पाएनन् ।
‘मत किनबेचलाई पनि नयाँशक्तिले रखबारी गर्यो,’ उनले दाबी गरे, ‘मत भनेको दान गर्ने हो । मत बेच्नुभयो भने गलत व्यक्ति चुनिन्छन् । गलत व्यक्ति चुनिदा दुःख पाउने त मतदाताले नै हो भनेर सचेत गरायौं ।’
निर्वाचन प्रचार प्रसार तामझाम र भड्किलो बनाइरहनै पर्दैन रहेछ भनेर नयाँशक्ति पार्टी सप्तरीको बुझाइ छ । उसले प्रचार प्रसारका लागि स्थानीय सञ्चार (प्रकाशन÷प्रसारण) माध्यम प्रयोग नगर्ने कुरै भएन । त्यसको अलावा उसले सामाजिक सञ्जाल सदुपयोग गर्यो । ‘जहाँ कार्यक्रम गर्यौं, त्यहाँको दृश्यसहित खिचेर फेसबुकमा राख्नु त छँदै थियो, मतदाताको भनाइसमेत हाइलाइट गरेर पोस्ट गर्यौं,’ इन्चार्ज विद्रोहीले थपे, ‘त्यसले फलानो ठाउँका मतदाताले यस्तो कुरा उठाएका थिए भनेर उल्लेख गर्दा भोलि सेवा गर्न जाने जनप्रतिनिधिलाई समेत सजिलो बनाइदियो ।’
त्यतिमात्रै होइन, निर्वाचन प्रचार प्रसारमा पुगेको सम्बन्धित वडाको सम्बन्धित गाउँगाउँमा के समस्या छ भनेर जनशक्तिले नोट गरेको छ । नेता सधैं गाउँगाउँसम्म पुग्न नसके पनि त्यही नोट हेरेर समस्या समाधान गर्न सघाउ पुर्याउन सक्छ । यो काम त्यत्तिकै लोभलाग्दो छ । यस्तो काम अन्य नेताले आत्मसात् गरे सम्बन्धित क्षेत्रका मतदाताको कल्याण हुने थियो ।
विद्रोही वाम एकताप्रति सकारात्मक छन् । वाम एकताको पक्षपाती उनी वाम एकता इतिहासको आवश्यकता भएको बताउँछन् । वाम एकता त्यत्तिकै सम्भव रहेको बताउने उनी पूर्वजनमुक्तिसेना पनि हुन् । उनले खोटाङको दिक्तेल, भोजपुरको घोरेटार, तनहुँको बन्दीपुर, उदयपुरको साना÷ठूलालगायत दर्जन बढी मोर्चामा लडेका थिए ।
कम्पनी कमान्डरसमेत रहेका उनी मेडिकल सेक्टरमा ब्रिगेडियरको भूमिका निर्वाह गरे । पार्टी शान्तिप्रक्रियामा आएपछि उनले स्नातकमात्रै गरेनन् एचएसमेत गरे । २०५७ मा जनयुद्धमा हिँडेका उनले सेना समायोजन हुँदा स्वेच्छिक अवकाश लिए । छुट्ने बेला उनले गर्व गरे, ‘सेनामा समायोजन हुँदा मेरो व्यक्तिगत जीवन उकासिन्थ्यो । तर, मैले धरातल बिर्सन सकिनँ । किनकि म व्यक्तिगतभन्दा सामूहिक स्वार्थ बोकेर हिँडेको मानिस हुँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: रास्वपाको ‘प्रदेश सभा खारेज’ प्रस्तावको विरोधदेखि एन्फा निलम्बनमासम्म
-
रास्वपा उपसभापतिमा मन्त्री विराज भक्त श्रेष्ठको उम्मेदवारी घोषणा
-
रास्वपा सह–महामन्त्रीमा असिम शाहको उम्मेदवारी घोषणा
-
कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित
-
पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता
-
विदेश पठाउने नाममा ४७ लाख ९२ हजार ठगी गर्ने ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण