शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रास्वपा महाधिवेशन

रास्वपा उपसभापतिमा मन्त्री विराज भक्त श्रेष्ठको उम्मेदवारी घोषणा

शुक्रबार, १२ असार २०८३, ०० : ००
शुक्रबार, १२ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले पार्टीको केन्द्रीय उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
  • केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उनले पदाधिकारीतर्फ आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् ।
  • यसअघि सोही पदमा पार्टीकी अर्की नेतृ सोविता गौतमले पनि उम्मेदवारी घोषणा गरिसकेकी छन् ।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले पार्टीको केन्द्रीय उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । चितवनमा जारी पार्टीको महाधिवेशन अन्तर्गत पहिलो चरणको निर्वाचनमा केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उनले पदाधिकारीतर्फ आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् ।

केन्द्रीय सदस्यको निर्वाचनमा श्रेष्ठले २०९४ मत प्राप्त गरेका छन् । उम्मेदवारीको घोषणा गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पहिलो चरणको उत्साहजनक नतिजाको लागि समस्त प्रतिनिधिहरुलाई हार्दिक धन्यवाद तथा नमन । दोस्रो चरणमा उपसभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको छु, पुनः तपाईंहरुको माया र मतको अपेक्षा गरेको छु । जय होस् ।’

यसअघि सोही पदमा पार्टीकी अर्की प्रभावशाली नेतृ सोविता गौतमले पनि आफ्नो उम्मेदवारी घोषणा गरिसकेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप