शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

बिहीबार, ११ असार २०८३, २३ : २३
बिहीबार, ११ असार २०८३

सारांश

  • पोपले भेनेजुएलालाई भूकम्प सहायता स्वरुप एक लाख युरो पठाएका छन्।
  • यो रकम आपतकालीन राहत प्रयासमा सहयोग पुर्याउनेछ।
  • भेनेजुएलामा भूकम्पले १६४ जनाको ज्यान लिएको छ।

काठमाडौँ । पोप लियो चौधौँले भूकम्प प्रभावित भेनेजुएलालाई ‘प्रारम्भिक’ आपत्कालीन सहायताको रूपमा एक लाख युरो (करिब एक लाख १४ हजार अमेरिकी डलर) पठाएको भ्याटिकनले बिहीबार जनाएको छ ।

यो रकम पोपको परोपकारी कार्य र कठिनाइमा परेका जनतालाई सहायता पुर्‍याउने भ्याटिकनको कार्यालय एपोस्टोलिक अल्मोन्री बाट उपलब्ध गराइएको हो ।

“यो ‘प्रारम्भिक सहयोग’ ले आपत्कालीन राहत प्रयासहरूलाई सहयोग गर्नेछ,” भ्याटिकनको आधिकारिक समाचार वेबसाइट भ्याटिकन न्यूजले भनेको छ ।

भेनेजुएलामा बुधबार राति ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पसहितका सयौँ पराकम्पपन गएका छन् । अहिलेसम्मको प्रारम्भिक तथ्याङ्कअनुसार कम्तीमा १६४ जनाको मृत्यु भएको छ ।

अर्थतन्त्र र सामाजिक सङ्कटबाट पहिले नै कमजोर भइसकेको भेनेजुएलालाई क्युबा, इरान, इटाली, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घलगायत धेरै देशहरूले सहयोगको प्रस्ताव गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप