विदेश पठाउने नाममा ४७ लाख ९२ हजार ठगी गर्ने ४ जना पक्राउ
सारांश
- रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने चार जना पक्राउ परेका छन्।
- उनीहरूले ४७ लाखभन्दा बढी रकम ठगी गरेको आरोप छ।
- ठगीमा संलग्न चारै जनालाई थप कारबाहीका लागि पठाइएको छ।
काठमाडौँ । वैदेशिक रोजगारका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर रु ४७ लाख ९२ हजार ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुस्ता गाउँपालिका–१ निवासी २३ वर्षीय सन्देश चौधरी, देवचुली नगरपालिका–५ निवासी ५३ वर्षीय भगवतप्रसाद थारु, चितवन भरतपुर महानगरपालिका–४ निवासी ४० वर्षीया सरस्वती बारघरे तथा काठमाडौँ महानगरपालिका–२९ निवासी ३७ वर्षीय विकास दाहाल रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार चौधरीले पोल्याण्ड पठाउने भन्दै रु २३ लाख, थारुले मकाउ पठाउने भन्दै रु पाँच लाख, बारघरेले क्यानडा पठाउने भन्दै रु तीन लाख ९२ हजार तथा दाहालले क्यानडा पठाउने भन्दै रु १६ लाख रकम असुलेका थिए ।
उनका अनुसार रकम लिएपछि उनीहरूले वैदेशिक रोजगारीका लागि विदेश नपठाई सम्पर्कविहीन बनेपछि पीडितहरूले उजुरी दिएका र सोही उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदा चारै जनालाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आज वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: रास्वपाको ‘प्रदेश सभा खारेज’ प्रस्तावको विरोधदेखि एन्फा निलम्बनमासम्म
-
रास्वपा उपसभापतिमा मन्त्री विराज भक्त श्रेष्ठको उम्मेदवारी घोषणा
-
रास्वपा सह–महामन्त्रीमा असिम शाहको उम्मेदवारी घोषणा
-
कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित
-
पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता
-
विदेश पठाउने नाममा ४७ लाख ९२ हजार ठगी गर्ने ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण