१२ बजे १२ समाचार: रास्वपाको ‘प्रदेश सभा खारेज’ प्रस्तावको विरोधदेखि एन्फा निलम्बनमासम्म
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेश सभा खारेज गर्ने प्रस्ताव ल्याएपछि प्रमुख दलहरूले विरोध जनाएका छन्।
- शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा १२ को नतिजा त्रुटिपूर्ण भएको भन्दै छानबिन समिति गठन गरेको छ।
- नेपाली चलचित्र निर्माणको गति यस वर्ष (२०८३) अघिल्लो वर्षको तुलनामा ५० प्रतिशतले घटेको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ।
१. निलम्बनमा एन्फा
सारा विश्व यतिबेला फुटबलमय बनेको छ। सहभागी राष्ट्रका नागरिक आफ्नो टिमले जितोस् भन्दै दिनरात कामना गरिरहेका छन् । सहभागी हुन नसकेका राष्ट्रहरू पनि विभिन्न कित्तामा बाँडिएर दर्शकका रूपमा यो महाकुम्भमा होमिएका छन् । सामथ्र्य हुनेहरू मेक्सिको, क्यानडा र अमेरिकासम्मै पुगेका छन् भने असमर्थहरू घरमै आफ्नो काम र निद्रा माया मारेर भए पनि फुटबलमै झुमिरहेका छन् । नेपाली समर्थकहरू पनि ब्राजिल, अर्जेन्टिना, जर्मनी, पोर्चुगल, इङ्गल्यान्ड र स्पेनलगायतको पक्षमा नारा लगाइरहेका छन् ।
२. ‘प्रदेश सभा खारेज’ प्रस्तावको विरोधमा दलहरू
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनबाट पास गरेको ‘प्रदेश सभाको खारेजी’ सम्बन्धी एजेण्डालाई अन्य दलले विरोध गरेका छन्।
३. छानबिन समिति गठन
शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा १२ को नतिजा त्रुटिपूर्ण सम्बन्धमा थप अध्ययन गर्न छानबिन समिति गठन गरेको छ ।
४. सुकुमबासीको चेतावनी
सरकारले पाँच दिनभित्र रकम लिएर आफैँ व्यवस्थापन गर्न दबाब दिएपछि पीडितहरू आक्रोशित बनेका छन्।
५. रास्वपाले ठाडै मिच्यो संविधान
संविधान, कानुन र विधिको चर्को वकालत गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफैँले नेपालको संविधान र प्रचलित कानुन विपरीत बालबालिकालाई पार्टी सदस्य बनाएको पाइएको छ।
६. ५० प्रतिशतले घट्यो फिल्म निर्माण, दोषी कलाकार !
नेपाली चलचित्र निर्माणको गति यस वर्ष (२०८३) ह्वात्तै घटेको छ । चलचित्र विकास बोर्डबाट प्राप्त पछिल्लो निर्माण इजाजतको तथ्याङ्कले अघिल्लो वर्षको तुलनामा यस वर्ष चलचित्र निर्माण घटेको देखाएको हो ।
७. किन सस्तिँदैन पेट्रोल र डिजेल ?
अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड आयल) को मूल्य प्रतिब्यारेल ७० डलरभन्दा तल झरेको छ।
८. स्वास्थ्य व्यवसायी परिषद् बोर्ड अपूर्ण
नेपाल स्वास्थ्य व्यवसायी परिषद् बोर्डमा विषयगत प्रतिनिधित्वले पूर्णता पाउन सकेको छैन । बोर्ड प्रतिनिधित्वले पूर्णता नपाउँदा अनुगमन, नियमन प्रक्रिया चुस्त हुन सकेको छैन । परिषदका अनुसार ४२ विषयका ७२ किसिमका तह छन् । यस्तै, एक लाख ७२ हजार जनाले दर्ता प्रमाणपत्र लिएका छन् ।
९. खाद्य स्वच्छताको सवाल
देशकै भीआईपी व्यक्तिको भागमै अखाद्य वस्तु फेला पर्छ भने सर्वसाधारणको हालत के होला ? यो प्रश्न गृहमन्त्री सुधन गुरुङको प्लेटमा अम्लेटभित्र माछाको काँडा भेटिएपछि उठ्न थालेको छ ।
१०. पञ्चायती कालको उत्तराद्र्धमा भएको ज्यादती
नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनका क्रममा २०१८ सालमा भएको चितवनको गेष्टहाउस चौर काण्ड स्मरण गरेपछि निर्दलीय पञ्चायती कालका प्रजातान्त्रिक आन्दोलनसँग जोडिएका अन्य ज्यादतीहरु पनि फेरि सम्झन थालिएको छ।
११. देउवा–शेखर समूहद्वारा चुनदेवीमा कार्यालय खोल्ने तयारी
नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवाका समूह र इतर पक्षका नेता डा.शेखर कोइरालाका समूहले आपसमा मिलेर छुट्टै कार्यालय खोल्ने तयारी गरेका छन् ।
१२. विश्वकप
थप समाचारहरु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
-
रास्वपा उपसभापतिमा सोबिता गौतमको प्रस्तावक बनिन् प्रतिभा रावल
-
रास्वपा भूगोलतर्फको चुनावी नतिजा: प्रदेशबाट कसले कति मत पाए ? (सूचीसहित)
-
निर्वाचन आयोगले विजेता घोषणा नगर्दै रास्वपामा बढे महामन्त्रीको आकांक्षी
-
रास्वपामा सर्वाधिक मत ल्याउने ३५ उम्मेदवार को–को हुन् ? (हेर्नुहोस् सूची)
-
१२ बजे १२ समाचार: रास्वपाको ‘प्रदेश सभा खारेज’ प्रस्तावको विरोधदेखि एन्फा निलम्बनमासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण