सुर्खेतको सिस्नेरीमा आगलागी, नौ घर जलेर नष्ट
बिहीबार, २६ चैत २०७७, २० : १०
सुर्खेत । पश्चिम सुर्खेतको बराहताल गाउँपालिका– २ स्थित सिस्नेरीमा आगलागी हुँदा नौ वटा घर जलेर नष्ट भएका छन् । आगलागीबाट नौ वटै फुसका छाना पुर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी रामप्रसाद घर्तीले जानकारी दिए ।
सिस्नेरी बस्तीमा १८ घरधुरी रहेका छन् । उनले भने ,‘आगो सिस्नेरी सामुदायिक वनका लागेको हो । नजिकै बस्ती भएकाले तत्काल आगो नियन्त्रण गर्न नसक्दा बस्तीमा आगो पसेको हो ।'
आगो नियन्त्रण गर्न प्रहरी र स्थानीय तत्काल खटिएका थिए। दिउँसो ४ बजे सुरु भएको आगलागी करिब एक–डेढ घण्टापछि नियन्त्रणमा आएको बताइएको छ।
'आगलागीबाट मानविय क्षती भने केही भएको छैन् । क्षतिको विवरण आउन समय लाग्ने छ,’ घर्तीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब बैंकले तपाईँसँग माग्नेछ राष्ट्रिय परिचयपत्र
-
सेमिफाइनल हारेपनि टुचेलको जागिर जोगियो
-
सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक
-
चालु पुँजी कर्जा मार्गदर्शनमा रहेको भेरियन्स कार्यान्वयनको भाका फेरि सर्यो
-
बिदा स्वीकृत नगराई गायब हुने २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
गोठ भत्किँदा मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण