चालु पुँजी कर्जा मार्गदर्शनमा रहेको भेरियन्स कार्यान्वयनको भाका फेरि सर्यो
बिहीबार, ३२ असार २०८३, ०८ : ४६
सारांश
- चालु पुँजी कर्जा मार्गदर्शनमा रहेको भेरियन्स कार्यान्वयनको मिति नेपाल राष्ट्र बैंकले सारेको छ ।
- यस अनुसार अब भेरियन्स एनालाइसिस गरी कर्जा समायोजन गर्नुपर्ने व्यवस्था २०८४ साउन १ गतेबाट मात्रै लागु हुनेछ ।
- यसअघि वार्षिक कारोबार रकमको २५ प्रतिशतसम्म लिन पाउने कर्जालाई सीमाभित्र ल्याउने मिति एक वर्ष पर धकेलिएको हो ।
काठमाडौं । चालु पुँजी कर्जा मार्गदर्शनको भेरियन्स कार्यान्वयनको भाका फेरि सरेको छ । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शनमा रहेको उक्त व्यवस्था कार्यान्वयनको मिति पर धकेलेको हो ।
यस अनुसार अब चालु पुँजी कर्जा मार्गदर्शनमा उल्लेखित भेरियन्स एनालाइसिस गरी कर्जा समायोजन गर्नुपर्ने व्यवस्था २०८४ साउन १ गतेबाट मात्रै लागु हुनेछ । यसअघि यो २०८३ साउनदेखि लागु गर्नुपर्ने उल्लेख थियो ।
हाल व्यवसायीहरूले वार्षिक कारोबार रकमको २५ प्रतिशतसम्म चालु पुँजी कर्जा लिन सक्छन् । तर यसअघि नै लिइएको कर्जा उक्त सीमाभन्दा बढी छ भएको अवस्थामा यसलाई सीमाभित्र ल्याउने मितिलाई एक वर्ष पर धकेलिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल हारेपनि टुचेलको जागिर जोगियो
-
सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक
-
चालु पुँजी कर्जा मार्गदर्शनमा रहेको भेरियन्स कार्यान्वयनको भाका फेरि सर्यो
-
बिदा स्वीकृत नगराई गायब हुने २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
गोठ भत्किँदा मृत्यु
-
पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण