एमालेबाट ‘फ्लोर क्रस’ गरेका नवनियुक्त मन्त्रीको किन फेरियो मन्त्रालय ?
सुर्खेत । शनिबार साँझ कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एमालेबाट ‘फ्लोर क्रस’ गरेर काँध थापिदिएकाले मन्त्री पदमा नियुक्त गरे ।
शाहीले चार जना मध्ये भौतिक पूर्वाधार विकास मन्त्रीमा अम्मरबहादुर थापा, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा कुर्मराज शाही र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढालाई मन्त्रीमा नियुक्त गरे । प्रकाश ज्वाला भने मन्त्री बनेका छैनन् । उनीहरुले आइतबार पद तथा गोपनीयताको सपथ खाने क्रममा भने मन्त्रालय फेरिएका छन् ।
यसअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हालिसकेका जिम्मा पाइसकेका नन्दसिंह बुढाले भने सोही मन्त्रालय रोजे । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष पद तथा गोपनीयताको सपथ खाने क्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको रूपमा नन्दसिंह बुढा र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको रूपमा कुर्मराज शाहीले सपथ लिएको बताइएको छ ।
मन्त्री बुढालाई यसअघि नै सम्हालेको मन्त्रालय सञ्चालन गर्न सहज हुने भन्दा मन्त्रालय फेरबदल गरिएको उनी निकट स्रोतले जनायो ।
मन्त्री नन्दसिंह बुढालाई नयाँ मन्त्रालयभन्दा पहिला नै चलाएको मन्त्रालय भए सहज होला भनेर मन्त्रालय फेरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब बैंकले तपाईँसँग माग्नेछ राष्ट्रिय परिचयपत्र
-
सेमिफाइनल हारेपनि टुचेलको जागिर जोगियो
-
सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक
-
चालु पुँजी कर्जा मार्गदर्शनमा रहेको भेरियन्स कार्यान्वयनको भाका फेरि सर्यो
-
बिदा स्वीकृत नगराई गायब हुने २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
गोठ भत्किँदा मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण