चन्द्रागिरी नोक्सानमा रहेको प्रतिवेदन सार्वजनिक भएसँगै सेयर मूल्यमा धक्का
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा चन्द्रागिरी हिल्स १८ करोड ११ लाख २० हजार रुपैयाँ नोक्सानमा देखिएको छ । कोरोनाको असर चन्द्रागिरीमा पनि देखिएको छ । एक वर्षको अवधिमा कम्पनीको नोक्सान १५ करोड ९३ लाख रुपैयाँ बढेको हो । अघिल्लो वर्ष यसै अवधिमा कम्पनी २ करोड १८ लाख ८ हजार रुपैयाँ नोक्सानमा थियो ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा कम्पनीद्वारा सञ्चालित केबलकारमा औसतमा दैनिक १४ सय जना आगन्तुक र रिसोर्टमा औसत अकुपेन्सी ४० प्रतिशत रहेको जनाएको छ । यसअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८१ पैसा ऋणात्मक रहेको छ । प्रतिसेयर नेटवर्थ ७९ पैसा ०९ रुपैयाँ छ ।
चैत मसान्तसम्म आइपुग्दा कम्पनीको सञ्चालन आम्दानी र अन्य आम्दानी घटेकाले नाफा प्रभावित भएको हो । यसअवधिमा कम्पनी २ करोड ८१ लाख ५५ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको छ । अघिल्लो वर्ष यसै अवधिमा यसले १४ करोड २१ लाख ११ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
यता, गत वर्ष १ करोड ४८ लाख ७० हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यस वर्ष २१ लाख ३३ हजार रुपैयाँमा सीमित भएको छ । चैत मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ छ ।
चन्द्रागिरी नोक्सानमा गएको प्रतिवेदन सार्वजनिक भएसँगै यसको सेयर मूल्य पनि ओरालो लागेको छ । सोमबार नै प्रतिवेदन सार्वजनिक गरेको चन्द्रागिरिको सोमबारको सेयर मूल्य ९.८० प्रतिशतले घटेको छ । यसको सेयर मूल्य अहिले २ हजार १ सय ७३ रुपैयाँ प्रतिकित्ता कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण