काँग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजकमा यादव
बुधबार, ०८ वैशाख २०७८, १३ : १०
काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय निर्वाचन समितिको संयोजकको जिम्मेवारी महादेवप्रसाद यादवलाई दिने भएको छ । बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठकले कानुन व्यवसायी यादवलाई समिति संयोजक तोक्ने निर्णय गरेको हो ।
काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले समिति संयोजक नियुक्ति गर्ने निर्णय गरेको छ। यसअघि केन्द्र निर्वाचन समिति संयोजक राधेश्याम अधिकारी थिए । गत चैत २० गतेको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा अधिकारीले राजीनामा बुझाएका थिए । सोही बैठकले अधिकारीको राजीनामा स्वीकृत गरेको थियो। उनी राष्ट्रियसभाका पूर्व सदस्य तथा पूर्व महान्याधिवक्ता समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण