मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

कोरोना नियन्त्रणका लागि सम्पूर्ण शक्ति लगाउन मुख्यमन्त्री राउतको निर्देशन

शुक्रबार, १७ वैशाख २०७८, १४ : २३
शुक्रबार, १७ वैशाख २०७८

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको अवस्थाबारे जानकारी लिन आज प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग भर्चुअल बैठक गरेका छन् । पछिल्ला दिन बढदै गएको कोरोना महामारीको अवस्था, रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले चाल्नुपर्ने कदमबारे सुझाव लिन मुख्यमन्त्री राउतले भर्चुअल सम्वाद गरेका हुन् । 

छलफलको क्रममा मुख्यमन्त्री राउतले महामारीको रोकथाम र नियन्त्रणका लागी सम्पूर्ण शक्ति लगाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् । कोरोना परीक्षणका लागि प्रदेश सरकारले ८ वटै जिल्लामा पिसिआर मेशिन सञ्चालनमा ल्याइसकेको हुँदा समस्या नहुने विश्वास व्यक्त गर्र्दै राउतले उपचारका लागि समेत प्रदेश सरकार तयारी अवस्थामा रहेको जानकारी दिए ।  

छलफलको क्रममा प्रमुख जिल्ला अधिकारीहरुले कोरोना महामारी नियन्त्रणका लागि प्रत्येक जिल्लामा होल्डिङ सेन्टरहरूको निर्माण गर्नुपर्ने सुझाव दिएका थिए ।  कार्यक्रममा प्रदेश सरकारको तर्फबाट प्रमुख सचिव गोकर्णमणि दुवाडी, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादव, आर्थिक मामिला मन्त्रालयका सचिव, समाजिक विकास मन्त्रालयका सचिव, चारवटै सुरक्षा निकायका प्रदेश प्रमुखहरु सहितको सहभागिता रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप