कोरोना संक्रमणका कारण २२ वर्षीया गर्भवती महिलाको मृत्यु
शुक्रबार, १७ वैशाख २०७८, १४ : ५९
कोरोना संक्रमणका कारण दैलेखमा एक गर्भवती महिलाको मृत्यु भएको छ । आज बिहान साढे ११ बजे ती महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा नारायण नगरपालिका–६ की २२ वर्षीया महिला रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थीरप्रसाद रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार त्यी महिलाको स्वास्थ्य सेवा कार्यालय दैलेखमै मृत्यु भएको हो ।
मृत्यु पश्चात एन्टिजेन टेष्ट गर्दा पोजेटिभ देखिएको रेग्मीले बताए ।
उनले भने,‘त्यी महिला १० महिनाकी गर्भवती रहेकी थिइन् त्यी महिलाको बच्चा जन्मिने मिति नाघिसकेकाले सुर्खेत रिफर गरेको थियो । अस्पतालले रिफर गरेको भए पनि उनी जान मानेकी थिइनन् ।
यस्तै स्वास्थ्य कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको ओपीडी सेवा आजैदेखि बन्द गरिएको पनि रेग्मीले जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
-
अमेरिकाले इरानमाथि हवाई आक्रमण तीव्र पार्यो, इरानको जवाफी प्रहार कुवेत र जोर्डनसम्म
-
इंग्ल्यान्ड विरुद्ध अर्जेन्टिना : कुन कुन खेलाडी चम्किए ?
-
सेबोनको महत्त्वाकाङ्क्षी १० वर्षे मार्गचित्र, कति सम्भव छ कार्यान्वयन ?
-
अब बैंकले तपाईँसँग माग्नेछ राष्ट्रिय परिचयपत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण