कुल बजेटको कम्तीमा २० प्रतिशत बजेट शिक्षामा छुट्याउन काँग्रेसको माग
आइतबार, १९ वैशाख २०७८, १७ : २९
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले कुल बजेटको २० प्रतिशत बजेट शिक्षामा छुट्याउन सरकारसँग माग गरेको छ । काँग्रेसको केन्द्रीय शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद पौडेलले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बाल शिक्षा र विद्यालयका कर्मचारी उचित पारिश्रमिकको व्यवस्थापन गर्न पनि माग गरेका हुन् ।
काँग्रेसले विद्यालय तहमा रहेका राहत दरवन्दी, साविक उच्च मावि (अनुदान), अस्थायी लगायतका शिक्षकहरुलाई वैज्ञानिक प्रकृया अपनाई एकै प्रकारको शिक्षक दरवन्दी सिर्जना गर्न शिक्षा मन्त्रालयको ध्यानाकर्षण गरेको छ । त्रिभुवन विश्वविद्यालयका आंशिक शिक्षकहरुको समस्या समाधान गर्न कांग्रेसको नेतृत्वमा रहको विगतको सरकार स्वीकृत गरेको १४२० दरबन्दी कार्यान्वयनमा लागि आंशिक प्राध्यापकहरूको समस्या पूरा गर्न पनि जोडदार माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण