प्रधानमन्त्रीलाई देउवाको प्रश्न– ‘घरघरमा ग्यासको पाइपको योजना कहाँ गए ?’
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विकास निर्माणको तीव्र आकांक्षा घरघरमा ग्यासको पाइप पुर्याउने उद्घोष कहाँ पुगे भनेर प्रश्न गरेका छन् । सोमबार प्रतिनिधिसभा विश्वासको मत दिने सभाको विपक्षीको तर्फबाट सभालाई सम्बोधन गर्दै यस्तो प्रश्न गरेका हुन् ।
सो अवसरमा सभापति देउवाले विकास निर्माणमा छलाङ मारेको दाबी गर्ने सरकारले आफुले चुनाव अघि जनता सामु जारी गरेको प्रतिवद्धता कहाँ हराए भनेर प्रश्न गरेका छन् । उनले भने, ‘चुनाव अघि तपाईले जनता अघि गरेका बाचा तथा प्रतिवद्धता याद छ छ रु तपाईले जनताहरु बीचमा बाँड्नु भएको सपना पानी जहाजको सपना, घरघरमा ग्यास पाइपको योजना र तिब्र रोजगारीको योजना अहिले कहाँ पुगे ? कोहि भोकै पर्दैन, भोकले कोही मर्दैन भनेका भनाईहरु अहिले कता लागू भए त ?’ सभापति देउवाले सभा समक्ष भने ।
सो अवसरमा सभापति देउवाले अहिलेको कोरोनामा महामारीको समयमा पनि सरकारले आफ्नै नागरिकलाई उपचार दिन सक्दैन, अक्सिजन, आइसोलेसन, भेन्टिलेटर उपलब्ध गराउन सक्दैन भने यो गरे त्यो गरे भनेर कुर्लनुको कुनै अर्थ नभएको बताए । थप बरु सरकार महामारीमा पनि भ्रष्टाचार, कमिसन खोरसँग मिलेर कमाउ धन्दामा लागेको उनले आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप उत्सवका क्रममा मेक्सिको सिटीमा ३ जनाको मृत्यु
-
एमाले पुनर्गठनबारे ४ थरी मत : प्रतिवेदनमा सहमति जुटाउन सकस
-
शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म
-
‘एक घर, एक धारा’ अभियान: गण्डकीका ६६ प्रतिशत घरधुरी लाभान्वित
-
अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता
-
१५ वर्षदेखि हिमालपारिको गाउँमा हराइरहेका मजदुरको पीडादायी कथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण