ब्राजिलमा कोभिड १९ बाट ४ लाख ३९ हजारभन्दा बढीको मृत्यु
एजेन्सी । ब्राजिलमा कोभिड १९ बुधबार कोरोना भाइरस सङ्क्रमणको कारण थप २ हजार ५१३ जनाको मृत्यु भएको छ योसँगै यहाँका नागरिकको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ५० जना पुगेको छ ।
गत २४ घण्टामा ब्राजिलमा ७५ हजार जनाभन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । ब्राजिलमा कुल संक्रमितको संख्या १ करोड ५७ लाख ३२ हजार पुगेको पनि यहाँको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।
ब्राजिलको साओ पाउलो सबभन्दा बढी कोरोना भाइरस प्रभावित राज्यको रुपमा रहेको पनि सो समाचारमा जनाइएको छ । विश्वमा कोरोना भाइरस संक्रमणको कारण सबैभन्दा बढी ज्यान गुमाउने राष्ट्रको रुपमा ब्राजिल हाल दोस्रो स्थानमा रहेको छ ।
कोरोनाबाट ज्यान गुमाउनेमा अमेरिका पहिलो, ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ । तर धेरै संक्रमित हुनेमा भने तेस्रो स्थानमा छ । विश्वमा कोरोना भाइरसका सबैभन्दा धेरै नागरिक अमेरिकामा, दोस्रोमा भारत र तेस्रोमा ब्राजिलमा संक्रमित भएका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण