दिपक मनाङेले लिए युवा तथा खेलकुद मन्त्रीको सपथ
गण्डकी प्रदेशका नवनियुक्त यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङे) ले सपथ लिएका छन । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा आइतबार नवनियुक्त मन्त्री गुरुङलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले सपथ ग्रहण गराएकी हुन ।
मुख्यमन्त्री गुरुङले दिपक मनाङेसहित ५ मन्त्रीलाई जेठ ५ गते नियुक्त गरेका थिए । सोही दिन अन्य ४ जना मन्त्रीले सपथ लिएका थिए । तर, मनाङे काठमाडौं भएकोले सपथ लिन पाएका थिएनन् । मुख्यमन्त्री गुरुङले धरापमा परेको आफ्नो सत्ता बचाउनका लागि गत वैशाख १६ गते मनाङेलाई सामाजिक विकास मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालय छुट्याएर पहिलोपटक मन्त्री बनाएका थिए । मुख्यमन्त्री गुरुङले मनाङेलाई मन्त्री बनाएको १० दिनमा राजीनामा दिएपछि उनको दश दिनमै पद गएको थियो ।
दश दिनमा पद गुमाएका उनै मनाङेलाई दोश्रो पटक निरन्तर मन्त्री बनाइएको हो । सपथ ग्रहणलगतै मन्त्री गुरुङले मन्त्रालयमा पुगेर पदभार ग्रहण समेत गरेका छन । योसहित उनले दोश्रो पटक गण्डकी प्रदेश सरकारमा यूवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका हुन ।
सपथ ग्रहणपछि कुरा गर्दै मन्त्री गुरुङले प्रदेशमा यूवा तथा खेलकुद मन्त्रालय नयाँ संरचना भएकोले मन्त्रालयलाई प्रशासनिक रुपमा चुस्त राख्न पहिलो प्रयास हुने बताए । यसैगरी प्रदेशको खेलकुदलाई अझै व्यवस्थित बनाउँदै आगामी वर्षको बजेटमा खेलकुदलाई प्राथमिकतामा राख्दै आवस्यक भौतिक पूर्वाधार लगायतका कामलाई अगाडी बढाउने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण