भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
सारांश
- मुस्ताङको कोरोला नाकाबाट भन्सार छली गरी नेपाल भित्र्याइएका ७७५ विद्युतीय सवारीसाधन सशस्त्र प्रहरीको नियन्त्रणमा छन्।
- नियन्त्रणमा लिइएका ९६ वटा गाडी पोखराको सुइखेतमा सशस्त्र प्रहरीको निगरानीमा छन् भने बाँकी अन्य सुरक्षित स्थानमा राखिएका छन्।
- सरकारले भन्सार छलीको आशङ्कामा नियन्त्रणमा लिइएका यी गाडीहरूको वास्तविकता पत्ता लगाउन छानबिन समिति गठन गरेको छ।
पोखरा । मुस्ताङको कोरोला नाकाबाट भन्सार छली गरेर नेपाल भित्र्याइएको आशङ्कामा सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिएका ७७५ वटा विद्युतीय सवारीसाधन (ईभी) अझै पनि सुरक्षा नियन्त्रणमै रहेका छन्।
पक्राउ गरिएका ती गाडीहरूलाई नाकादेखि पोखरासम्मका विभिन्न स्थानमा सशस्त्र प्रहरीको कडा निगरानीमा राखिएको छ।
_Ke1VtxZa5O.jpg)
तीमध्ये ९६ वटा विद्युतीय गाडी कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २५, सुइखेतमा सशस्त्र प्रहरीको प्रत्यक्ष निगरानीमा राखिएका छन् भने बाँकी गाडीहरू अन्य सुरक्षित स्थानमा राखिएका छन्। सशस्त्र प्रहरी बलको विशेष टोलीले गत जेठ २८ गते मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जालगायतका विभिन्न क्षेत्रबाट यी गाडीहरू एकसाथ नियन्त्रणमा लिएको थियो।
_vvlGKe8Xcq.jpg)
कोरोला नाका हुँदै ठुलो परिमाणमा भन्सार प्रक्रिया छलेर विद्युतीय गाडीहरू नेपाल भित्र्याइएको विशेष सूचना पाएपछि सशस्त्र प्रहरीले संयुक्त अपरेसन सञ्चालन गरेको थियो। उक्त ठुलो अप्रेसनका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नम्बर २५ चण्डिका गण पर्वत तथा नम्बर २४ कालिका गण कास्कीबाट विशेष टोलीहरू परिचालन गरिएको थियो।
_4ZMDmFy5se.jpg)
यति ठुलो परिमाणमा गाडीहरू नियन्त्रणमा लिइएपछि सरकारले यस घटनाको वास्तविकता पत्ता लगाउन छानबिन समिति गठन गरेको छ। नियन्त्रणमा रहेका गाडीहरू वैधानिक रूपमा आयात गरिएका हुन् वा भन्सार प्रक्रिया छलेर भित्र्याइएका हुन् भन्ने विषयमा समितिले विस्तृत अनुसन्धान अघि बढाएको छ। छानबिनको अन्तिम प्रतिवेदन नआएसम्म सबै गाडीहरू सशस्त्रकै निगरानीमा रहने छन्।
_HQkMgSiPEK.jpg)
_dTUtMC0y2q.jpg)
_ntn1bZpcQk.jpg)
_uLoGCywZkj.jpg)
_NbfFWsEx07.jpg)
_h1S6RZZUxi.jpg)
_EebTbHeZzn.jpg)
_5H0gcvJmr0.jpg)
_DPIIW2eIV4.jpg)
_tDXslr7BYM.jpg)
_wjYl7c9cM2.jpg)
तस्बिर: अर्जुन गाहा / नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण