संगीतकार विजय पाटिलको निधन
मुम्बई । ‘मैने प्यार किया’, ‘हम आपके है कौन’ जस्ता थुप्रै हिट फिल्मका संगीतकार विजय पाटिल अर्थात रामलक्ष्मणको निधन भएको छ । पछिल्लो केही समयदेखि बिमारी रहेका रामलक्ष्मणको हृदयघातका कारण शनिबार निधन भएको हो ।
७९ वर्षका रामलक्ष्मणको नागपुरमा निधन भएको बलिउड मिडियाले जनाएका छन् । रामलक्ष्मणको निधनले पुरै बलिउड अहिले शोकमा डुबेको छ । चर्चित गायिका लता मंगेशकरले उनको निधनमा शोक ब्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अहिले थाहा भयो कि धेरै गुणवान र लोकप्रिय संगीतकार रामलक्ष्मणको निधन भएको छ । उनी निकै राम्रा मानिस थिए । मैले उनको धेरै गीत गाएकी छु । जुन लोकप्रिय भएका छन् ।’
त्यस्तै गायक कुमार सानुले पनि उनको निधनप्रति शोक व्यक्त गरेका छन् । उनले लेखेका छन्– ‘रामलक्ष्मण मलाई प्रेमले कुमारजी भनेर बोलाउँथे । गीत सिकाउने समय गायकसँग जहिले पनि साथीको जस्तो ब्यवहार गर्दथे । कुनै गीत गाउँदा गाह्रो भए हिम्मत दिन्थे, गाउन सक्छौ भनेर हौसला दिन्थे । उनको यही स्वभावको कारणले सबै कलाकारको प्रिय थिए ।’
विजय पाटिल पहिले रामलक्ष्मणको नामबाट चिनिने गर्दथे । उनको साथमा रामको जोडी थियो । उनीहरु दुबै मिलेर संगीत दिन्थे । अचानक रामको निधन भयो । त्यो समयदेखि विजयले पुरा नाम रामलक्ष्मण राखेका थिए । उनले ‘एजेन्ट बिनोद’, ‘तराना’, ‘हम से बढकर कौन’, ‘मैने प्यार किया’, ‘हम आपके है कौन’, ‘१०० डेस’, ‘अनमोल’ जस्ता हिन्दी फिल्ममा संगीत दिएका छन् । उनले आफ्नो बुबा र काकासँग संगीतको ज्ञान लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण