सम्पादकहरुलाई सोधपुछका लागि बोलाएको घटनाप्रति अनलाइन पत्रकार संघको आपत्ति
काठमाडौं । सर्वोच्च अदालतले समाचारको विषयलाई लिएर प्रधान सम्पादकहरूलाई सोधपुछका लागि बोलाएको घटनाप्रति अनलाइन पत्रकार संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै संघले सर्वोच्च अदालतको सो कार्यप्रति खेद प्रकट गरेको हो । जारी विज्ञप्तिमा स्थापित संविधान, कानुन, मूल्य, मान्यता, विधि र प्रक्रिया विपरित सर्वोच्च अदालत प्रशासनले प्रधान सम्पादकहरूलाई सोधपुछका लागि बोलाएको आरोप लगाइएको छ ।
विज्ञप्तिमा भनिएको छः ‘समाचारको विषयमा सरोकारवाला वा कसैलाई चित्त नबुझे त्यस्ता विषयमा न्यायिक निरुपणमा जाने आफ्नो विधि र प्रक्रिया रहेको कुरा सम्मानित अदालत प्रशासनलाई जानकारी हुनुपर्ने हो । तर संविधान, कानुन, मूल्य, मान्यता, विधि र प्रक्रिया विपरित सर्वोच्च अदालत प्रशासनले सम्बन्धित सञ्चारमाध्यमका प्रधान सम्पादकहरूलाई छलफलका लागि भन्दै बोलाउने कार्यप्रति अनलाइन पत्रकार संघ खेद प्रकट गर्दछ ।’
सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको भन्ने समाचारको विषयलाई लिएर इमेज खबर डटकमका प्रधान सम्पादक राजन कुइँकेल र नेपाल समय डटकमका प्रधान सम्पादक नारायण अमृतलाई मंगलबार सोधपुछका लागि बोलाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण